नियात्रा संग्रह ‘आहा हिमाल’ विमोचित



काठमाडौं । नियात्राकार उत्तम भट्टराईको नियात्रासंग्रह ‘आहा हिमाल’ को विमोचन भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष राधेश्याम लेकाली, वरिष्ठ नियात्राकार युवराज नयाँघरे, लेखिका लाक्पा फुटी शेर्पा, नेपाल माउन्टेन एकेडेमीका कार्यकारी निर्देशक रोमनाथ ज्ञवाली, कृतिकार उत्तम भट्टराई तथा रोजगार मिडियाका प्रबन्ध निर्देशक उद्धव भट्टराईले उक्त कृति संयुक्तरुपमा हालै विमोचन गरेका थिए ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष लेकालीले शुभकामना मन्तव्य व्यक्त गर्दै यात्रा साहित्य अहिले सबैभन्दा पढिने विधा भएको हुँदा यो कृतिले नेपाली पर्यटनका धेरै नदेखिने पक्ष समेटेको हुनाले अन्तर्राष्ट्रिय स्तरमा यो विशेष कृतिका रुपमा जान सक्ने विचार पोखे ।

कृतिको समीक्षा गर्दै नियात्राकार युवराज नयाँघरेले नेपालका हिमाल र हिमाली संस्कृतिको प्रचारप्रसारमा यो कृतिले अहम् भूमिका खेल्ने धारण व्यक्त गरे । त्यस्तै लेखिका शेर्पाले ‘आहा हिमाल’ मार्फत नेपालका हिमाल र यसको पर्यटकीय सौन्दर्यको गहिरो चर्चा भएको बताइन् ।
कार्यकारी निर्देशक ज्ञवालीले लेखक भट्टराईसँग अनुभूतिको अथाह शक्ति रहेको नेपाली पर्यटन र हिमालको जनजीवनको सुन्दर संयोजन रहेको धारणा व्यक्त गर्दै विश्व पर्यटन दिवसकै दिन आहा हिमाल विमोचन गर्न पाउँदा खुशी लागेको बताए ।

प्रतिक्रिया दिनुहोस्