कालिकोटमा धमाधम चल्दै धार्मिक मेला



कालीवहादुर मल्ल, कालिकोट ।
यस जिल्लाका विभिन्न धार्मिक स्थलहरुमा धमाधम (पैठ मेला) चलिरहेका छन् । यहाँ धार्मिक पैठहरुमा जनै पूर्णिमाको दिनवाट सुरु भएका मेला पैठहरु हिजो आज लगातार भब्यताकासाथ भएका हुन ।

जिल्लका चचित धार्मिक स्थलहरु खाँडाचक्र नगरपालिकाको देवचाखा, धलपुरा, महावोइको एल्खेसल्ला, तिलागुफाको हलाढुङ्गा मालिका,पचालझरनाको कालासिल्लो लगाएतका चचित पैठहरु चलिरहेका छन । यि मेला पैठहरुमा झाक्रिहरुले फलामा सरिया भाच्ने, लामा लामा दारा देखाउने,ठुला–ठुला अगेनामा हाम फल्ने लगाएत अनौठा कामहरु गर्ने गर्दछन् ।

धार्मिक मेलामा स्थानीय देउडा लगाउनुका साथै आफन्तहरुलाई भेटघाट गर्नका लागि स्थानीय यात्रीहरु एक अर्को गाउँमा जाने गर्दछन् ।

परम्परागत रुपपमा देवताका मन्दिरमा पुजा गर्ने,झक्रिहरु नाच्ने र रमाइलो गर्ने गरिन्छ । देवतका मन्दिरहरुमा वोकाको वलि, घण्ट त्रिशुल चढाएमा दवि देवताहरु खुसी भएर मनो आकांक्षा पुरा हुने विश्वास रहेको छ ।

पचाल झरना गाउपालिकामा पर्ने कालासिल्ला मन्दिरमा फलामाको लौरी भाचेर झाक्रिले कृति देखाएको सोही ठाउँका स्थानीयवासी मेनका सञ्ज्याल वताउँछन ।

प्रतिक्रिया दिनुहोस्