पत्रकारलाई माफी दिन गुटेरेजको आग्रह



न्युयोर्क, (एजेन्सी)
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिय गुटरेजले शुक्रबार म्यान्मार सरकार समाचार एजेन्सी रोयटर्सका २ पत्रकारलाई माफ गर्नेमा आफू आशावादी रहेको बताएका छन्। ती २ पत्रकारलाई हालै मात्र ७ वर्षको जेल सजाय सुनाइएको थियो।

म्यान्मारको रखाइन प्रान्तमा रोहिंग्या मुसलमानमाथि सुरक्षाबलको कारबाहीको समाचार संकलन गरेको विषयमा उनीहरूलाई उक्त सजाय सुनाइएको हो।

म्यानमारमा पत्रकारका रूपमा काम गरेकोमा वा लोन र क्याब सोलाई जेलमा राखिनु स्वीकार्य नभएको गुटरेजले बताए। न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा उनले त्यस्तो हुनु दुर्भाग्य भएको आफूलाई लागेको र उनीहरूको रिहाइलाई लिएर सरकारले उनीहरूलाई माफ गर्छ भन्नेमा आशावादी रहेको बताए।म्यान्मारका नेता आङ साङ सुकीले गत हप्ता दुवै पत्रकारलाई उनीहरूको कामका कारण जेल पठाइएको नभएर सरकारी गोपनियता कानुन तोडेकाले अदालतले उनीहरूविरुद्ध उक्त फैसला दिएको बताएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्