सफल दाइ र दिदीका असफल भाइ र बहिनी



रश्मी थापा,
बलिउड फिल्म उद्योगमा एकै परिवारबाट सिनेमा क्षेत्रमा काम गर्ने धेरै कलाकार छन्। जसमा केही सफल छन् भने केहीले सफलताको स्वादसमेत थाहा पाउन सकेका छैनन्।

सलमान र अरवाज खान

बलिउड नायक सलमान खानको बलिउडमा सिक्का चल्छ। बीबी हो तो ऐसी फिल्मबाट सन् १९८८ मा बलिउड डेब्यु गरेका सलमानको त्यसपछिको मैने प्यार कियाले बक्स अफिसमा राम्रो कलेक्सन गर्यो।

यसरी उनले कहिल्यै पछाडि फर्केर हेर्न नपर्ने गरी आफ्नो छुट्टै स्थान बनाए। तर उनको भाइ अरवाजले भने सलमानजस्तो दाइको साथ पाउँदासमेत सफलता पाउन सकेनन्। सन् १९९६ मा बलिउड फिल्म उद्योगमा पाइला राखेका उनलाई लगातार असफलता मात्र हात लागेपछि उनमा सवार फिल्मी भूत विस्तारै हराउँदै गयो।

 

Rinke Khanna

ट्वींकल खन्ना र रिन्की खन्ना

विभिन्न अभिव्यक्तिका कारण चर्चामा रहने अभिनेतृ ट्वींकल खन्ना आफ्नो जमानाकी हिट अभिनेतृ हुन्। उनका फिल्म बक्स अफिसमा धमाका मच्चाउन सफल थिए। जबकि उनकी बहिनी रिंकीले फिल्म खेलिन्, त्यसबाट कसैको नजरमा नपरेपछि छिट्टै फिल्मबाट दूरी बढाइन्।

 

 

 

काजोल तनिषा

अभिनेतृ काजोलले बाजीगर फिल्मबाट सफलता हासिल गरेकी थिइन्। तर उनकी कान्छी बहिनी तनिषाले फिल्मबाट सफलता हात पार्न सकिनन्। तनिषा एक हरर फिल्मबाट बलिउडमा इन्ट्री गरेकी थिइन्। तर उक्त फिल्म सुफर फ्लप सावित भयो। त्यसपछि पनि उनी केही फिल्ममा आइन्। उनको फिल्मी करिअर निकै छिटो सकियो। उनी सन् २००५ मा सरकार फिल्ममा देखिएकी थिइन्।

 

 

 

अनिल र सञ्जय कपुर

SAnjay Kapoor

बलिउड अभिनेता अनिल कपुरले आफ्नो करिअरको दौरान यस्तो भूमिका निर्वाह गरेका छन्, जुन अहिले पनि मानिसहरूको सम्झनामा ताजा छ। केबल अभिनय मात्र होइन, व्यक्तित्वका कारण पनि उनले मानिसहरूको दिलमा गहिरो छाप बसाएका छन्। ६१ वर्षीय अनिललाई अहिले पनि फिल्मको कमी छैन। तर उनका भाइ सञ्जय कपुरको भाग्य अनिलको जसरी चम्किएन। सञ्जयले सन् १९९५ मा फिल्म प्रेमबाट आफ्नो करिअर सुरुआत गरेका थिए तर फिल्मले खास कमाल देखाएन।

 

 

सनी र बबी देवल

बलिउडमा सनी देवल ती अभिनेतामा गनिन्छन्, जसको अभिनय दर्शकका लागि सदा यादगार रहिरहन्छ। सनीले सन् १९८३ मा रोमान्टिक फिल्म बेताबबाट बलिउडको यात्रा तय गरेका थिए। त्यसपछिका फिल्मले उनलाई दर्शकको माझ परिचित गरायो। तर उनको भाइ बबीले भने फिल्ममा अभिनय गरे पनि सफल हुन सकेनन्।

 

 

शिल्पा शेट्टी र शमिता शेट्टी

अभिनयबाट भारत मात्र होइन, बिग ब्रदरजस्तो रियालिटी शोमा भाग लिएर दुनियाँको मन जितेकी अभिनेतृ हुन् शिल्पा शेट्टी। तर आफ्नो तुलनामा बहिनी शमिताले बलिउडमा राम्रो मौका पाइनन् भन्ने गुनासो बेलाबेलामा गरिरहन्छिन् उनी। बलिउडमा शिल्पाले एकपछि अर्को सफलता हासिल गरिरहँदा शमिता भने दिदीको छेउसम्म पुग्न सकिनन्। सन् २००० मा मोहब्बते फिल्मबाट बलिउडमा इन्ट्री गरेकी शमिताको पहिलो फिल्म सुपरहिट भए पनि त्यसपछि भने उनको करिअर लगातार ओरालो लागेपछि उनी फिल्मबाट टाढा भइन्।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्