ओस्कारलाई पञ्चायत सिफारिस



९१औं एकेडेमी ओस्कार अवार्डको विदेशी भाषी फिल्म विधामा प्रतिस्पर्धी बन्न नेपालको छनोट समितिले पञ्चायत नामक फिल्मलाई सिफारिस गरेको छ।

नेपालको छनोट समितिले ओस्कारमा सहभागिताका लागि आह्वान गरेबमोजिम तान्द्रो, पञ्चायत र माइ लभ ः प्रोमिस फर काठमाडौं दर्ता भएकामा प्राविधिक, कथ्यको प्रस्तुति, भावनात्मक विश्लेषण पक्ष तथा प्रस्तुतिको कलात्मक बनोटलाई दृष्टिगत गरी पञ्चायतलाई छनोट गरिएको समितिले जनाएको छ। छनोट समितिमा बिमल पौडेल संयोजक तथा प्रदीपकुमार उपाध्याय, लक्ष्मीनाथ शर्मा, राजेन्द्र शलभ, सामीप्यराज तिमल्सेना, लोकेन्द्र पराजुली (कपिल) र चीरञ्जीवी गुरागाईं रहेका छन्।

प्रतिक्रिया दिनुहोस्