अख्तियारमा घिमिरे



काठमाडौं, (नेस)
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा पूर्वसचिव नवीनकुमार घिमिरे चयन हुनुभएको छ। संसदीय सुनुवाइ समितिको बिहीबार बसेको बैठकले आयोगका आयुक्त घिमिरेको नाम सर्वसम्मत अनुमोदन गरेको हो। गत भदौ २० गते बसेको संवैधानिक परिषद्को बैठकले घिमिरेलाई आयोग प्रमुखका लागि सिफारिस गरेको थियो।

समितिले उहाँको नाम अनुमोदन गरेसँगै उहाँलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।

घिमिरेविरुद्ध उजुरी आह्वान गरिए पनि कुनै उजुरी परेको थिएन। यसैबीच अख्तियार प्रमुखमा अनुमोदित भएलगत्तै घिमिरेले आयोगको कार्यालय पुगी पदभार ग्रहण गर्नुभयो।

प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उहाँलाई पद तथा गोपनीयताको शपथ गराएलगत्तै पदभार ग्रहण गराउनुभएको हो।

राष्ट्रपति कार्यालय शीतल निवासमा बिहीबार बेलुकि आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा नवनियुक्त घिमिरेलाई पद तथा गोपनीयताको शपथ गराइएको हो। घिमीरे गत ०७४ फागुन २ देखि कार्यवाहकका रूपमा कार्यरत हुनुहुन्थ्यो।

प्रतिक्रिया दिनुहोस्