मानव अधिकार उल्लङ्घनका ४९ उजुरी फस्र्यौट गर्न बाँकी



रामधन राई, खोटाङ ।
खोटाङमा मानव अधिकार उल्लङ्घनका ४९ वटा उजुरी फस्र्यौट गर्न बाँकी रहेको देखिएको छ । राष्ट्रिय मानव अधिकार आयोग १ नम्बर प्रदेश शाखा कार्यालय दिक्तेलमा परेका उजुरीमध्ये ४९ उजुरीको किनारा लाग्न बाँकी रहेको हो ।

२०६४ साल यता उक्त कार्यालयमा दर्ता भएका मुद्दा समेत फस्र्यौट गर्न बाँकी रहेको शाखाका निमित्त प्रमुख सुवोध पोखरेलले वताउनुभयो । द्वन्द्वकालिन मुद्दा समेत किनारा लाग्न बाँकी रहेको निमित्त प्रमुख पोखरेलको भनाई छ ।

हत्याका १२, विस्थापित सम्बन्धी ९ वटा, महिला अधिकार सम्बन्धी ६ वटा, बेपत्ता सम्बन्धी ५ वटा, सम्पत्ती कब्जा सम्बन्धी ५ वटा मुद्दा किनारा लाग्न बाँकी रहेको आयोगले जनाएको छ । यस्तै, यातना सम्बन्धी ५ वटा, गैर–कानूनी थुना सम्बन्धी २ वटा, जातीय विभेद सम्बन्धी २ वटा, स्वास्थ्य अधिकार सम्बन्धी १ वटा र अन्य १ वटा मुद्दा समेत फस्र्यौट बाँकी रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्