फिलिपिन्सपछि चीनमा पुग्यो म्यांगकूट आँधी, दुई जनाको मृत्यु, ‘हाई अलर्ट’ जारी



काठमाडौं ।
फिलिपिन्स र हंगकंगमा बितन्डा मच्चाएपछि म्यांगकूट आँधी चीन पुग्ने बित्तिकै दुई जनाको मृत्यु भइसकेको छ । आँधीका कारण त्यहाँ प्रतिघण्टा एक सय ६२ किलोमिटर गतीमा हावा बहिरहेको छ ।

ग्वांगडूंगमा सबैभन्दा तीब्र गतीको आँधीका कारण धेरै क्षती हुने देखिएपछि ‘हाई अलर्ट’ जारी गरिएको छ । यो आँधीले हंगकंगमा पनि विनास निम्त्याएको छ । गगनचुम्बी भवनका झ्याल–ढोकामा क्षती पुगेको छ ।

फिलिपिन्समा मृत्यु हुनेको संख्या ६४ पुगेको छ जसमा धेरैजसोको मृत्यु भारी वर्षापछिको पहिरोका कारण भएको छ ।

म्यांगकूटलाई सन् २०१८ को सबैभन्दा शक्तिशाली आँधी मानिएको छ ।

चीनमा कस्तो असर ?

चीनको सरकारी मिडिया अनुसार म्यांगकूट आँधीका कारण दुईको मृत्यु भएको छ । उक्त आँधी चीनको तटीय शहर जियांगमेनमा अपरान्हमा पुग्यो ।

हज्जारौंलाई ग्वांगडूंग बाहिर पठाइएको छ र प्रशासनले चेतावनी जारी गरेको छ ।

हंगकंगमा पनि प्रशासनले हाई अलर्ट जारी गर्दै मानिसहरुलाई घरबाहिर ननिस्कन चेतावनी दिएको छ । त्यहाँ हावाको गती एक सय ७७ किलोमिटर प्रतिघण्टा रहेको छ ।
बीबीसी

प्रतिक्रिया दिनुहोस्