सृष्टि र किशोर सँगसँगै



रिलिजको तयार भएको फिल्म बाँध मायालेको नयाँ गीत सार्वजनिक गएिको छ। अर्जुन पोखरेलको संगीत रहेको सँगसँगै बोलको गीतमा अञ्जु पन्त र सुगम पोखरेलले स्वर दिएका छन्। शब्द संगीतकार पोखरेल नै लेखेका हुन्। नायिका सृष्टि श्रेष्ठ र नवनायक किशोर खड्कालाई फिचरिङ गरिएको रोमान्टिक गीतको भिडियो मोहक बनेको छ।

कोरियोग्राफर रामजी लामिछानेले गीतको भिडियोलाई सुन्दर बनाएका छन्। यो रोमान्टिक गीतले दर्शक तथा स्रोताको मन जित्ने विश्वास गरिएको छ। यसअघि सार्वजनिक बाँध मायालेको शीर्ष गीतलाई रुचाइएको थियो। फिल्मको प्रोमोले पनि दर्शकको ध्यान आकृष्ट गरेको छ।

आगामी शुक्रबार अल नेपाल रिलिज हुने फिल्म सविर श्रेष्ठले निर्देशन गरेका छन् भने आर्यन अधिकारी र सृष्टि श्रेष्ठ मुख्य भूमिकामा छन्। साथमा नवनायक खड्का, राजाराम पौडेल, विशाल चाम्लिङ र रविनप्रताप सेनलगायतले अभिनय गरेका छन्। रामहरि धिताल र विभिषिका श्रेष्ठद्वार निर्मित फिल्ममा केदार धिताल कार्यकारी निर्माता र महेन्द्र अधिकारी सहनिर्माता रहेका छन्।

प्रतिक्रिया दिनुहोस्