१३ हजार बर्ष पुरानो बियर प्राप्त



तेलअभिव (एजेन्सी)
इजरायलको हैफा नजिकै प्रागऐतिहासिककालको एक गुफाबाट विश्वको अहिलेसम्मकै पुरोनो मदिराको भट्टी फेला परेको सोधकर्ताहरुले बताएका छन् । उक्त स्थलमा १३ हजार बर्ष पुरानो बियरको अंश पनि फेला परेको छ ।

यो खोज एक चिहानको अध्ययनका क्रममा भएको थियो । उक्त चिहान फिरन्ते सिकारीहरुको भएको अनुमान गरिएको छ । अहिलेसम्म बियर बनाउने प्रक्रिया ५ हजार बर्ष पुरानो मानिएको थियो, तर नयाँ खोजले बियरको इतिहास बदल्न सक्छ ।

बियर रोती बनाउनका लागि मात्र प्रयोग हुने गथ्र्यो भन्ने पहिलाको अनुमान पनि सही नभएको संकेत यस खोजले दिएको छ । यद्यपी कुन कुरा पहिला बनाउन सुरु भएको थियो भन्न नसक्ने पनि सोधकर्ताहरुले बताए । अक्टोबरको जर्नल अफ आर्किलोजिकल साइन्सको रिपोर्टमा मृतकको अनुष्ठान समारोहमा सम्मान दिनका लागि बियर बनाउँथ्यो भन्ने उल्लेख थियो ।

सोध टोलीका नेतृत्व गरिरहेका स्टेफोर्ड युनिभर्सिटीका प्रोफेसर ली लियुले स्टेनफोर्ड न्युजसँग भने– यो विश्वमा मानव निर्मित मदिराको सबैभन्दा पुरोनो रिकर्ड हो ।


लियुले त्यतिबेला मानिसहरु के खान्थे र कस्तो खालको रुख विरुवा हुन्थे भन्ने उनीहरु अनुसन्धान गरिरहेको तर यस क्रममा उनीहरुले गहुँ र जौले बनेको मदिराको अंश फेला परेको बताए ।

यो अंश चट्टाको खाल्डोमा फेला परेको र यो २४ इन्च गहिराइमा रहेको सोधकर्ताहरुले बताए । ती खाल्डोहरु गुफाको सतहमा घुमाउरो संरचनामा भएको छ । यसको प्रयोग सामान राख्ने र बोडी, जौ लगायतका विभिन्न प्रकारका विरुवा पकाउनका लागि हुने गर्थे ।

यो प्राचिन मदिरा केही हदसम्म मिश्रित लेदोका रुपमा थियो । तर अहिले हामी जस्तो बियर देख्छौं त्यस्तो भने थिएन । बियरको जुन प्रकारको अंश प्राप्त भएको छ , त्यसको तुलनाका लागि शोधकर्ताहरुको टोलीले त्यसतै बियर पनि बनाउने प्रयास गरेका थिए ।

विभिन्न अन्नलाई मिलाएर बियर बनाउने प्रक्रिया सुरु भएको गरे तर त्यो आधुनिक बियरभन्दा निरस थियो ।

प्रतिक्रिया दिनुहोस्