बौद्ध शिक्षकद्वारा यौन उत्पिडन भइरहेको थाहा छ: दलाइ लामा



द हेग (एजेन्सी)
बौद्ध गुरुद्वारा मठहरुमा यौन शोषणको समाचारलाई लिएर दलाइ लामाले आफनो मौनता तोडेको छ । तिब्बती धर्मगुरु दलाइ लामाले आइतबार बौद्ध गुरुहरुबाट यौन उत्पिडन भइरहेको विषयमा सन् १९९० देखि नै आफुलाई जानकारी रहेको उनले बताए ।

नेडरल्यान्डको ४ दिवशिय यात्राका क्रममा दलाइ लामाले उक्त कुराको खुलासा गरेको हो । त्यहाँ उनले बौद्ध शिक्षकहरुको यौन उत्पिडनको शिकार भएकाहरुसँग भेटघात गरेका थिए ।

यौन उत्पिडनका दर्जनौ पिडितहरुको मागलाई लिएर उनले प्रतिक्रिया दिइरहेका थिए । उनीहरुले युरोप यात्राका क्रममा उसँग भेट्नका लागि दरखास्त दिएका थिए । पिडितहरुले निवेदनमा आफुमाथि कुकर्म गरिएको उल्लेख गरेका थिए । दलाइ लामाले शनिबार राती अबेरसम्म सरकारी टेलिभिजन च्यानल एनओएसमा प्रतिक्रिया दिँदै भने– मलाई यी तथ्यहरुका बारेमा पहिल्यै देखि थाहाछ । यसमा नयाँ कुरा केही पनि छैन ।

उनले भने– २५ बर्ष अगाडी कसैले उत्तर भारतको पहाडी क्षेत्र धर्मशालामा पश्चिमी बौद्ध शिक्षकको एक सम्मेलनमा यौन उत्पिडन आरोपको उल्लेख गरेका थिए ।

जसले यौन शोषण गर्छ उनीहरुमा बौद्ध शिक्षाप्रति कुनै लगाब नहुने उनले बताए । ८३ बर्षिय दलाइ लामा भारतको धर्मशालामा निर्वासनमा रहँदै आएका छन् । विश्व भरी नै अहिले धार्मिक प्रतिनिधिहरुद्वारा भइरहेका यौन शोषणको विरोध भइरहेको छ । बौद्ध विहारसँगै आयरल्यान्डमा चर्चमा बच्चाहरुसँग हुने गरेका यौन शोषणको विरोध नागरिकहरुले पोपको यात्राका क्रममा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्