फिलिपिन्सको म्यांगकुट अाँधीमा १४ जनाको ज्यान ज्यान गयो, ५० लाख मानिस प्रभावित



काठमाडाैँ । फिलिपिन्समा आएको म्यांगकुट आँधीमा परी १४ जनाको मृत्यु भएको छ । अाँधीले फिलिपिन्सको उत्तरी क्षेत्रमा धेरै क्षति पुर्‍याएको बीबीसीले जनाएको छ ।

आँधीले धेरै घरमा नोक्सानी पुर्‍याएको छ भने ४२ ठाउँमा पहिरो गएको छ । आँधी पछि आएको बाढी पहिरोका कारण ५० लाख भन्दा धेरै मानिस विस्थापित भएका छन् ।

हजारौँ जनालाई सुरक्षित ठाउँमा सारिएको छ । विश्व मौैसम विज्ञान संगठन डब्लूएमओले यो आँधीलाई यो वर्षकै सबैभन्दा शक्तिशालि भनेको छ ।

प्रतिक्रिया दिनुहोस्