असोज ३ र ४ गते नारायणगढमा लाखेनाच प्रतियोगिता हुने



चितवन ।
आगामी असौज ३ र ४ गते चितवनको नारायणगढ वसपार्कमा छैठौ राष्ट्रव्यापी लाखेनाच प्रतियोगिता हुने भएको छ । लोक सस्कृति संरक्षण तथा राष्ट्रिय लाखे नाच प्रतिष्ठान नेपालको आयोजनामा लाखे नाच प्रतियोगिता हुन लागेको हो । शुक्रवार नारायणगढमा आयोजित पत्रकार सम्मेलनमा यस वर्ष ४० समूहले सहभागिता जनाउने जानकारी दिइएको छ ।

 

प्रतिष्ठानका अध्यक्ष निर्जललाल श्रेष्ठले पूर्वको इलामदेखि सुदुरपश्चिमसम्मका समुहले प्रतियोगितामा सहभागिता जनाउनेछन् । दुइदिन सम्म संचालन हुने प्रतियोगितामा प्रथम हुनेले ७५ हजार,दित्तियले ५० हजार,तृतियले २५ हजार र ४ वटा सान्त्वना समूहले दश÷दश हजार नगद पुरस्कार प्राप्त गर्ने निर्वतमान अध्यक्ष राजेन्द्रकुमार पियाले जानकारी दिए । प्रतियोगिता शुरु हुनु अगाडि असौज ३ गते विहान नारायणगढमा शोभा यात्रा निकालिने उनले बताए । लोप हुदै गएको लाखे सस्कृति जोगाउन र नयाँ पुस्तालाई सभ्यताको जानकारी गराउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको लोक सस्कृति संरक्षण तथा राष्ट्रिय लाखे नाच प्रतिष्ठान नेपालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्