नौ वर्षिया छात्राद्वारा राष्ट्रिय गानको विरोध



सिडनी,(एजेन्सी)
अष्ट्रेलियामा नौ वर्षिया एक छात्राले बिद्यालयको राष्ट्रगान कार्यक्रममा उभिन अस्विकार गरेपछि यो घटना राष्ट्रिय बहसमा परिणत भएको छ । ती छात्राले तथाकथित संस्थागत नस्लवादको विरोधका लागि यो कदम उठाएको बताएकीछिन् ।

हार्पर नेलल्सन नामकी ति छात्राले गत साता आफ्नो कक्षाकोठामा राष्ट्रगान बजाइएकोबेला उभिन अस्विकार गरेकी थिइन् । उनले राष्ट्रगानको एक अंश ‘एड्भान्स अष्ट्रेलिया फेयर’ ले देशका मूल जनताको उपेक्षा गरेको आरोप लगाएकीछिन् ।

उनले यस वाक्याँशले देशका मूल नागरिकलाई भेदभाव गर्ने गरेको आरोप लगाएकी छिन् । छात्राको उनका अनुसार यहाँ एड्भान्सले गोरा जातिलाई संकेत गर्दछ । अष्ट्रेलियाली संचार माध्यम एबीसीसँग कुराकानी गर्दै बालिकाले भनिन्, ‘राष्ट्रगानका बेला जब ‘वी आर योंग’ को पङितले अष्ट्रेलियाका आदीवासीहरुको अपमान गर्दछ । उक्त गीतमा जब ‘हामी जवान छौं’ भनिन्छ तब हामी ती मूल निवासीलाई बिर्सन्छौं जो ५० हजार वर्षअघि यो देशमा बस्थे । ’ अष्ट्रेलियाका आदीवासकिो संख्या कुल जनसंख्या दुई प्रतिशत मात्र रहेको छ ।

अष्ट्रेलियाका पूर्व प्रधानमन्त्री टोनी एबटले भनेका छन्, ‘सबैले नियम पालना गर्नुपर्छ । यो विषय राष्ट्रगानसँग जोडिएकाले सबैले यसको सम्मान गर्नुपर्छ ।’ अष्ट्रेलियाका दक्षिणपन्थि नेताहरुले भने ति छात्राको भनाईको कडा आलोचना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्