हिन्दु मन्दिरमा बली रोक्ने



कोलोम्बो (एजेन्सी)
श्रीलंका सरकारले हिन्दु मन्दिरमा पशु–पंक्षी बलीमाथि रोक लगाउने तयारी गरेको छ । हिन्दु धार्मिक मामिला मन्त्रालयले उक्त प्रस्ताव अगाडी बढाएको र धेरै जसो उदारवादी समुहले यसको समर्थन गरेको सरकारका एक प्रवक्ताले जानकारी दिए ।

केहि हिन्दु देवी–देवतालाई खुसी पार्न मन्दिरमा बोका, राँगा र कुखराको बली दिन चलन छ । तर श्रीलंकामा बहुसंख्यक बौद्धले कयौं बर्षदेखि यसको विरोध गरिरहेका छन् । आलोचकहरुले यसलाई अमानविय बताउँदै आएका छन् ।

यद्यपी सबै हिन्दु पशु बलि दिँदैनन् , तर बलि दिनेहरु यस प्रतिबन्धले उनीहरुको धार्मिक स्वतन्त्रता समाप्त हुने तर्क दिएका छन् । पशु बलिका समर्थन गर्नेहरु यसलाई उनीहरुको आस्थाको मामिला भएको र प्राचिनकाल देखि प्रचलनमा रहेको र यसलाई जारी राख्न दिनु पर्ने बताउँछन् ।
हिन्दु बाहेक मुसलमाले पनि आफनो धार्मिक आयोजनामा पशुहरुको बली दिने गरेका छन् । पशुको अधिकारका लागि काम गरिरहेका बौद्ध समुह यसबाट असन्तुष्ट छन् ।

श्रीलंकाको बलीमाथि रोक सम्बन्धी कानुनको दायरमा मुसलमान पर्ने छैन । श्रीलंकाको आवादीमा मुसलमान जनसंख्या तेस्रो ठुलो हिस्सा हो ।
श्रीलकामा हालैका बर्षमा कयौं धार्मिक हिंसा भएका छन् । मार्चमा मुसलमान विरोधी दंगामा तीनजना मारिएका थिए र मुसलमानका करिब ४ सय ५० घर तथा पसललाई नोक्सान पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्