भारत: महिला आत्महत्या



नयादिल्ली (एजेन्सी)
विश्वभरी आत्महत्या गर्ने १० महिलामा ४ भारतको हुने गरेको एक सोधले देखाएको छ । भारतमा आत्महत्या गर्ने ७१ प्रतिशत महिलाको उमेर १५ देखि ३९ बर्षको भएको उल्लेख गरिएको छ । यद्यपी सन् १९९० देखि २०१६ को बीच भारतमा महिलाको आत्महत्या २७ प्रतिशतले कम भएको छ ।

उक्त शोल अध्ययन द लान्सेट पब्लिक हेल्थमा प्रकाशित भएको हो । रुढिवादी समाज, कुरीति, महिला विरुद्धको हिँसा र महिला प्रति विभेदकारी सामाजिक ढाँचाले भारतिय महिला विश्वमै उत्पिडितमध्यमा पर्छन । यसअघि एक सोधले भारतिय महिला सबैभन्दा जोखिममा परेकाहरुको सबैभन्दा माथि रहेको देखाएको थियो ।

प्रतिक्रिया दिनुहोस्