चीन: सडक दुर्घटना



बेइजिंग,(एजेन्सी)
दक्षिणी चीनको निकै व्यस्त क्षेत्रको चोकमा एउटा कारले बटुवाहरु किच्दा ९ जनाको मृत्यु भएको तथा अन्य ४३ जना घाइते भएको स्थानिय सरकारी अधिकारीले बताएका छन् ।

हुनान प्रान्तको हेंगयांग शहरको बिन्जियांग चोकमा बुधबार स्थानीय समयानुसार बेलुका सात बजेर ४० मिनेट जाँदा यो दुर्घटना भएको बीबीसीले जनाएको छ । स्थानीय संचार माध्यमका अनुसार घाइतेमध्ये केहीलाई सो कार चालकले छुरा प्रहार गरेका थिए । प्रहरीले नियनत्रणमा लिइसकेका ति ५४ वर्षिय यांग जानयुन नामक व्यत्तिको आपराधिक पृष्ठभुमि रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्