अमेरिका: छ जना मारिए



लसएन्जलस।(एजेन्सी)
अमेरिकाको क्यानिफोर्निया राज्यमा एकजना बन्धुकधारीले बुधबार अन्धाधुन्ध गोली चलाउँदा छ जना मानिसको ज्यान प्रहरीले जनाएको छ । गोली चलाउने व्यक्तिले आफ्नै पत्नी समेतको हत्या गरेपछि आत्महत्या गरेको बताइएको छ । क्यालिफोर्नियाको बेकर्सफिल्डमा भएको यस गोलीकाण्डलाई प्रहरीले घरेलु हिंसाको संज्ञा दिएको छ ।

कर्न काउन्टीका प्रहरी अधिकृत मार्क किंगले अपरान्ह ५ बजेर १५ मिनेट जाँदो गोली चलेको खबर प्राप्त हुनासाथ प्रहरी घटनास्थलमा पुगेको जानकारी दिएका छन् । मारिनेमा तीन पुरुष र दुई महिला रहेका छन् । तिनीहरुको नाम सार्वजनिक गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस्