पत्रकार कारवाहिबारे सुकीले मुख खोलिन्



याँगुन,(एजेन्सी)
म्यान्मारका नेतृ आँग सान सुकीले व्यापक अन्तराष्ट्रिय दवावको वावजुद पनि रोयटर्सका दुईजना पत्रकारलाई पक्राउ गरी कारगार चलान गरेको सरकारी कार्यको विहिवार प्रतिरक्षा गरेकीछिन् ।

सुकीले वा लोन र क्या सोय ओ नामक ति पत्रकारले राष्ट्रको गोपनियता सम्बन्धी कानु उल्लंघन गरेको र तिनीहरुको कार्य अभिव्यक्ति स्वतन्त्रतासंग कुनै सरोकार नरहेको स्पष्ट पारेकी छिन् । तिनीहरु दुवै अल्पमत मुश्लिम समुदाय रोहिँग्या माथिको सरकारी दमनकोबारे समाचार संकलनमा संलग्न रहँद ैआएका थिए ।

तिनीहरुलाई राहिँग्याको हत्याको अनुसनधान क्रममा प्रहरी को संवेदनशिल दस्तावेजहरु साथमा राखेको अभियोगमा गिरफतार गरिएको हो । सुकी ले रोहिँग्याको समस्यालाई आफ्नो सरकारले फरक ढंगले हेरेको पनि हुनसक्ने बताएकी छिन् ।

गत वर्ष सेनाले रोहिँग्या समुदाय माथि जथाभावी ढंगले दमन गर्न थालेपछि करिव सात लाख रोहिँग्या छिमेकी राष्ट्र बंगलादेश तर्फ भाग्न बाध्य भएका थिए । यस अघि नै संयुक्त राष्ट्र संघले उक्त आम नरसंहारमा संलग्न वरिष्ठ सैनिक अधिकारीहरुमाथि गम्भीर अनुसन्धान गरिनु पर्ने बताइसकेको छ । शान्तिका लागि नोवेल पुरुस्कार विजयी सुकीको सो पुरुस्कार फिर्ता लिइनु पर्ने आवाज समेत अन्तराष्ट्रिय समुदायले उठाएको थियो ।

यसैसाता संयुक्त राष्ट्र संघको मानव अधिकार निकायले म्यान्मारले पत्रकारहरु विरुद्ध अभियान ैछेदेको आरोप लगाएको थियो । रोयटर्सका पत्रकारहरुको गिरफतारीलाई लिएर अमेरिकी उप राष्ट्रपति माइक पेन्सले पनि विरोध जनाएक थिए । यसवषियमा लामो समयदेखि मौन बसेकी सुकीले विहिवार भियतनाममा आयोजित अन्तर्राष्ट्रिय आर्थिक सम्मेलनमा ति पत्रकारहरुले म्यान्मारको कानुन तोडेको बताएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्