हुन्डाईले लन्च गर्यो नयाँ इलेक्ट्रिक कार



काठमाडौं, (नेस)
हुन्डाईको नेपालका लागि आधिकारिक डिलर लक्ष्मी इन्टरनेसनल प्रालिले नयाँ इलेक्ट्रिक कार नेपाली बजारमा ल्याएको छ । नाडा अटो शोमा २०१८ को सन्दर्भमा हुन्डाई आयोनिक नेपालको नयाँ इलेक्ट्रिक गाडीको सेग्मेन्टकै पहिलो गाडी हो ।

यसमा २८ किलोवाटको इथेनियम पोलिमर ब्याट्रीमा कनेक्ट हुने ८८ किलोवाटको इलेक्ट्रिक मोटर छ, जसले एक चोटी चार्ज गरेपछि २००देखि २५० किलोमिटरसम्म गुड्न सक्छ । यसमा ११० भोल्ट आउटलेटमा सजिलै प्लग गर्न मिल्ने ओबीसी चार्जर हुन्छ । नयाँ कारमा प्याडल सिफ्ट गर्न मिल्ने सुविधा छ, जसले रिजेनेरेटिभ ब्रेकिङमा चार लेबलको नियन्त्र प्रदान गर्दछ ।

उच्च प्रभावकारिता र वातावरण मैत्री सवारी–साधन उत्पादन गर्ने आफ्नो प्रतिबद्धतालाई हुन्डाईले आयोनिकको साथ पँरा गरेको कम्पनीको भनाइ छ । ग्राहकलाई ड्राइभिङ डाइन्यामिक्स, लुक्स र पफर्मेन्समा सम्झौता नगरी विविध वातावरणमैत्री गाडीबाट प्रेरित गर्न हुन्डाई भविष्यको पँर्णरुपले तयार गर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्