प्रीतिको मौलिक तीज गीत



काठमाडौँ ।

विभिन्न कारणवश विदेशमा बसोबास गरेका, तीजमा माईत जान नपाएका चेलीबेटीको मनमा उठेका बहहरूलाई प्रीति आत्रेय ज्ञवालीले तीजगीत मार्फत् उतारेकी छिन् । उनको “आफ्नो त मन छ माईतीघरतिरै” बोलको गीत अहिले युट्यूबमा चर्चित छ ।

छयाछवि म्यूजिक अवार्डमा ७०० गीतमध्ये सम्पादन विधामा उत्कृष्ट पाँचमा मनोनयनमा पर्न सफल यस गीतलाई अधिनायकमान शेरचनले सम्पादन गरेका हुन् । उनको यो गीतलाई मेलिना राईले श्वर दिएकी छन् । लक्ष्मण शेषको संगीत, लोकराज अधिकारीको निर्देशनमा बनेको यस तीज गीतका निर्माता बाबुराम ज्ञवाली हुन् । गीतको भिडियोमा रचयिता प्रीति, अनु शाह, नवीन श्रीष एवं आर्या आत्रेयको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्