सर्वनाममा आराधना



सधैंजसो नाटक र साहित्यिक कार्यक्रमले भरिभराउ हुने सर्वनाम थिएटर केही दिनअघि भक्ति संगीतले गुञ्जयमान भयो। चितवनबाट आराधना–२ का लागि राजधानी आइपुगेका मनीष सापकोटाले करिब एक दर्जन कलाकारको सहयोग लिँदै भक्ति संगीत प्रस्तुत गरे। आरधना–२ अन्तर्गत करिब १ दर्जन गीतको प्रस्तुत गरिएको थियो।
जय गणरायबाट शुरू भएको आराधनामा आपत् सारा हट्नेछ, नन्दलाल, ओम जय जगदीश हरेलगायतका भजन प्रस्तुत भएका थिए। पहिलो प्रस्तुतिबाट नै दर्शकको व्यापक सहभागिता र सकारँत्मक प्रतिक्रियाले यसको औचित्य पुष्टि भएको जनाउँदै डा।

 

सावित्री मल्लले यस कार्यक्रमको शुरुआत गरेकी हुन्। कार्यक्रम सर्वनामका संस्थापक अशेष मल्लले धार्मिकता र आध्यात्मिकताबारे चर्चा गरेका थिए। ‘धर्म र अध्यात्म फरक पाटो हुन्। हामीले धार्मिकतालाई ज्यादा प्राथमिकतामा रँख्यौं, तर आध्यात्मिकतालाई पाखा लगायौं। अब हामीलाई आध्यात्मिक जागरणका लागि यस्ता प्रकारको कार्यक्रम जरुरी रहेको छ’, मल्लले कार्यक्रममा भने– ‘यसलाई निरन्तरता दिनेछौं।’ करिब २ घन्टा चलेको कार्यक्रममा मनीष सापकोटालाई गायनमा सीता सुवेदी, मनुका कँुवर मीना नेपाली र तारा लिम्बूले साथ दिएका थिए।

 

त्यस्तै वाद्यवादनमा तबला लक्ष्मी डंगोल, गीतार जीके सिंह, बाँसुरी डा। निरञ्जन भण्डारी, किबोर्ड ब्रुनो तामाङ, अक्टोप्याडमा तेजकुमार श्रेष्ठ, ढोलक सुधीर चौधरी र मादलमा सुनिल अर्याललगायतले साथ दिएका थिए। कार्यक्रममा संगीतकार बुलु मुकारुङ, दीपक जंगम, राजु सिंह, रमण घिमिरे, किरण प्रधानलगायतको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्