राजधानीवासीलाई कुकुरको मासु नखान आग्रह



हनोइ,(एजेन्सी)
भियतनामको राजधानी हनोइका सरकारी अधिकारीहरुले त्यहाँका वासिन्दालाई रेविज लाग्ने खतरा र शहरको छविमा आँच आउन सक्ने भन्दै कुकुरको मासु नखान आब्हान गरेका छन् ।

हनोइको जन समितीले यस पुरानो परम्पराको कारण सभ्य र आधुनिक राजधानीको इजजत जान सक्ने जनाएको छ । सो नगर कार्यालयले कुकुरको मासु खानाले रेविज तथा लेप्टोस्पाइरोसिसजस्ता रोग लाग्न सक्ने जनाएको छ । हनोइका एक हजार वटा भन्दा बढि पसलमा अहिले पनि कुकुर र बिरालोको मासु बिक्रि वितरण हुने गरेको छ ।

यस समितीले कुकुरको मासु जति लोकप्रिय नरहेको बिरालाको मासु पनि नखान राजधानीवासीलाई आब्हान गरेको छ । साथै यस समितीले अधिकांश जनावरलाई निर्मम ढंगले मार्ने गरिएको पनि जनाएको छ ।

हनोइमा करिव चार लाख नब्बे हजार कुकुर तथा बिरालो रहेको अनुमान गरिएको छ । तर ति मध्ये अधिकां पाल्तु रहेका छन् । वीवीसीको भियतनामी सेवामा आवद्ध पत्रकार लिन्ह गुयनले कुकुरको मासु बहिष्कार गनुपर्छ भन्ने मानिसको संख्या बढिरहेपनि अर्झै धेरै मानिसमा यस बानीले जरो गाडेको बताएका छन् ।

सामाजिक संजालमा धेरै मानिसले यस आब्हानको स्वागत गर्दै अझै थुप्रैले यो बानी त्याग्न नसक्नेकुरा प्रति चिन्ता व्यक्त गरेका छन् । केहिले भने कुकुरको मासुमा धेरै कर लगाइनु पर्ने र निश्चित क्षेत्रहरुमा मात्र या ेमासु बेचिनुपर्ने सल्लाह सरकारलाई दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्