पुर्व प्रम नवाज शरिफ केही समयका लागि जेलमुक्त



REFILE – CORRECTING BYLINE Ousted Pakistani Prime Minister Nawaz Sharif and his daughter Maryam sit on a Lahore-bound flight due for departure, at Abu Dhabi International Airport, UAE July 13, 2018. REUTERS/Drazen Gorgic

इस्लामावाद,(एजेन्सी)
भ्रष्टाचारको आरोपमा कारागारमा रहेका पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफलाई दिवंगत पत्नीको दाहसंस्कार गर्न अन्तरिम जमानतमा रिहा गरिएको सरकारी स्रोतले बुधवार जनाएको छ ।

लामो समय देखि अचेत अवस्थामा लन्डमा क्यान्सरको उपचार गराउँदै आएकी शरिफकी पत्नी कुलसूम नवाजको मंगलबार निधन भएको थियो ।

पाकिस्तानको गत निर्वाचनको अगाडि लन्डबाट आफ्नी छोरीसंग स्वलेश फर्केका शरिफलाई प्रहरीले रावलपिन्डी स्थित विमानस्थलबाटै गिरफतार गरेको थियो । त्यतिवेला देखि बाबुछोरी दुवै कारागारमा थुनिएका थिए ।
पाकिस्तानको संसदीय चुनावमा पाकिस्तान मुस्लिम लीग–नवाज ‘ पीएमएल ’ पार्टीका लागि चुनावी प्रचारमा संलग्न हुन उनी पाकिस्तान फर्किएका थिए ।

विशेष सुरक्षा व्यवस्थाबिच शरिफ र उनकी छोरी मरियमलाई विमानबाट लाहोर शहर पु¥याइएको छ । कुलसूमको अन्त्येष्टि लाहोरमा गर्ने कार्यक्रम रहेको पीएमएलले जारी गरेको एक विज्ञप्तिमा जनाइएको छ ।

तिनीहरुलाई केवल १२ घण्टाका लागि कारागार मुक्त गरिएको भए पनि गृहमन्त्रालयले तिनीहरुको जमानतको अवधि बढाउन सक्ने रावलपिन्डी केन्द्रीय कारागारका एकजना अधिकारीले बताएका छन् । स्थानीय सञ्चार माध्यमले भने कुलसूमको अन्त्येष्टि शुक्रबार मात्र गरिने जनाएको छ ।

आफु पनि राजनीतिमा सक्रिय ६८ वर्षीया कुलसूमले शरिफको राजनीतिलाई अघि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् । गत वर्ष अगस्टमा मात्र उनलाई क्यान्सर भएको पहिचान भएपछि लन्डनस्थित एक निजी अस्पतालमा उनको उपचार शुरु गरिएकोे थियो ।

नवाज शरिफको कडा आलोचकको रुपमा चिनिने पुर्व राष्ट्रिय क्रिक्रेटर तथा नवनिर्वाचित प्रधानमन्त्री इमरान खानले कुलसूमको निधनप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्