मध्यपुर्वमा एफ–३५ युद्धक विमानबाहब अमेरिकी बेडा तैनाथ, अमेरिकी बलविरुद्ध रुसको चेतावनी



वासिङटन (एजेन्सी)
सिरिया मामिलामा अमेरिकी बल विरुद्ध रुसको चेतावनी आइरहेकै बेला अमेरिकी मरिन कप्र्सको एफ–३५बी स्टिल्थ जेट सहित एउटा सानो विमानवाहक युद्धपोट मध्यपुर्वमा आइपुगेकोछ । यो विश्वकका दुई सबैभन्दा ठुला परमाणु शक्ती विचको पछिल्लो सैन्य तकरावको स्थिति हो ।

रुस र उसको सहयोगी सिरियाले इदलिबमा ठुलो सैन्य कारवाहीको तयारी गरिरहेका छन् । उक्त आक्रमणमा रसायनिक हतियार प्रयोग हुन सक्ने अनुमान गरिएको छ । यदि सिरियाको सासकले रासायनिक हतियारको प्रयोग गर्छ भने आफुले सिरियामाथि आक्रमण गर्ने बताइसकेको छ । यसअघि रासायनिक हतियार प्रयोग गरेको आरोपमा अमेरिकाले दुई पटक सिरियामाथि आक्रमण गरिसकेको छ ।

रुसले भुमध्यसागरमा उसका ससाना नौसैनिक बेडाहरु तैनाथ गरिसकेको छ । यदि अमेरिकाले आक्रमण गरेमा उ विरुद्ध बदलाको कारवाही हुने रुसले संकेत दिइसकेको छ ।

तर त्यसक्षेमा अमेरिकाको वायुशक्तीमा स्टिल्थ एफ–३५ बी विमानहरु सामेल गराएपछि रुसको सैन्य उपस्थिति सिमित देखिएको छ ।

अमेरिकी राष्टपति डोनाल्ड ट्रम्पले सिरिया विरुद्ध उसको आफनै जनताविरुद्ध हुने आक्रमणलाई लिएर चेतावनी दिएको छ । यस विषयमा ह्वाइट हाउसले द्वन्द्वमा कुनै प्रकारको रासायनिक हतियार प्रयोग भएको समाचार आएमा उसको गठबन्धनले ‘तिब्र रुपमा उचित जवाफ दिने ‘ जनाएको छ ।

यसअघि रासायनिक हतियार प्रयोग गरेको भन्दै अमेरिकाले दुई पटक सिरियाली सरकारमाथि बमबारी गरेका थिए र दुबैमा रुसबाट कुनै प्रकारको जवाफी कारवाही तथा हवाइ प्रतिरक्षा भएको थिएन ।

दक्षिणी सिरियामा विद्रोही लडाकुलाई सल्लाह दिन दुई दर्जन अमेरिकी सैनिक परिचालित छन् । ती विद्रोहीमाथि आक्रमण गर्ने चेतावनी दिएको सीएनएनले जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्