खुस्बुलाई एएफसीको अवार्ड



काठमाडौं, (नेस)
एसियन फुटबल फेडेरेसन(एएफसी)ले सेल्टर नेपालकी अध्यक्ष खुस्बु ओलीलाई एएफसी ड्रिम अवार्ड २०१८ प्रदान गरेको छ । बुधबार मलेसियाको क्वालालम्पुरमा एएफसीको सामाजिक उत्तरदायित्वअन्तर्गतको सम्मेलनको भव्य समारोहका बीच खुस्बुलाई एएफसी ड्रिम अवार्ड प्रदान गरिएको हो ।

एएफसीले प्रत्येक वर्ष तीन विधाअन्तर्गत कर्पोरेट, नन–गभर्नमेन्ट अर्गानाइजेसन र व्यक्तिगततर्पm यो अवार्ड प्रदान गर्दै आइरहेको छ । एएफसीले समाजप्रति उदाहरणीय कार्य गर्दै आएका व्यक्तिलाई प्रदान गर्ने गरेको छ । खुस्बुलाई भने एएफसीले व्यक्तिगत विधाअन्तर्गत अवार्ड प्रदान गरेको हो । यसअघि अखिल नेपाल फुटबल संघ (एन्फा)ले पनि खुस्बुलाई उक्त अवार्डका लागि एएफसी समक्ष सिफारिस गरेको थियो ।

सडक बालबालिकाका लागि आश्रय दिँदै आएकी खुस्बुलाई एएफसीको सोसियल रेस्पोन्सिबिलिटी कमिटीका अध्यक्ष अहमद इद एल हर्बीले अवार्ड प्रदान गरेका थिए । खुस्बुलाई अवार्डसँगै नगद १० हजार अमेरिकी डलरसमेत प्रदान गरिएको थियो ।

खुस्बुले युनाईटेड नेसन्स सस्टेनेबल गोलअन्तर्गत रहेर पछिल्लो समय नेपालको पूर्वी क्षेत्रमा ५ नमुना गाउँ निर्माण गरिसकेकी छन् । अवार्डपछि खुस्बुले गरिब समुदायमा व्यक्तिगत दक्षतामा विकास गरि समग्र गाउँको शसक्तिकरणका लागि आफूलाई थप उत्प्रेरणा मिलेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्