विद्यालयमा पहुँचयुक्त संरचना



-टीका बन्धन

अपाङ्गता भएका व्यक्ति, वालबालिका, जेष्ठ नागरिक, गर्भवती महिला लगायत सबैले बिना कुनै अबरोध सहजै प्रयोग गर्न मिल्ने भौतिक र अन्य पूर्वाधार पहुँचयुक्त संरचनाभित्र समेटिन्छ । तर व्यवहारमा यस्ता संरचना भेट्न मुस्किल छ, मानवनिर्मित भौतिक संरचना पूर्णरुपमा मानवमैत्री छैनन् । अधिकांश सामुदायिक र नीजि विद्यालय र सार्वजनिक सेवा प्रदायक निकायमा पहुँचयुक्त संरचनाको प्रत्यक्ष अभाव खट्किएको छ ।

पहुँचयुक्त संरचनाको अभावमा सेवाग्राहीले सँधै दोस्रो व्यक्तिको सहयोग लिनै पर्ने बाध्यता छ । राष्ट्रिय अपाङ्ग महासंघ नेपालका अध्यक्ष सुदर्शन सुवेदी भन्छन्–‘सार्वजनिक सेवा प्रदायक निकायमा व्ह्लिचियर गुडाउने ¥याम्प तयार गर्दैमा पहुँचयुक्त संरचना तयार भयो भन्न मिल्दैन ।’ काठमाडौं उपत्यका र आसपासका केही विद्यालय र निकायमा पहुँचयुक्त संरचना तयार गर्न थालिएको उनले बताए । सिनामंगलको गुहेश्वरी माविमा तयार भएको संरचना गत सोमबार विद्यालयलाई हस्तान्तरण गरिएको छ ।

सो विद्यालयको प्रवेशद्वार, चमेना गृह, पुस्तकालय, कक्षाकोठा जाने बाटो, खानेपानीको धारालाई अपाङ्गता भएका ब्यक्ति सहित जो कोहीले सहजै प्रयोग गर्न सक्छन् । सो विद्यालयकी व्ह्लिचियर प्रयोगकर्ता छात्रा अनिता खत्रीले भोगेका समस्या थाहा पाएपछि समाधान गर्न चासो लिएको महासंघले त्यहाँ पहुँचयुक्त संरचना तयार गरेको हो । ‘गुहेश्वरी विद्यालयमा व्ह्लिचियर प्रयोगकर्ता अनिता एक्ली हुन् महासंघका कार्यक्रम संयोजक विमल पौडेल भन्छन्–‘आगामी दिनमा अनिता जस्ता छात्र–छात्रालाई कठिनाई नहोस भनेर नमूना संरचना तयार गरिएको हो ।’

उनले प्रष्ट्याए–‘एउटा सानो उदाहरण पस्किन खोजिएको हो, आगामी दिनमा अन्य संघ÷संस्था र सरकारी निकायले पनि यस्तो अभ्यास अनुसरण गर्न सक्छन् ।’ विद्यालय परिसरका विगत र अहिले निर्माण भएका संरचना दृष्टि विहिनहरुका लागि समेत उपयोगी बनाइएको छ, ठाउँ–ठाउँमा ब्रेललिपी र संकेत चिन्ह्र राखिएको छ । महासंघले जर्मनीमा मुख्यालय रहेको क्रिस्टोफर ब्लाइन्ड मिसन (सीबीएम) संस्थासँगको सहकार्यमा त्यहाँ पहुँचयुक्त संरचना तयार गरेको हो ।

सीबीएम शिक्षा, स्वास्थ्य, जिविकोपार्जन, अन्धोपन निवारण जस्ता क्षेत्रमा क्रियाशिल छ । गुहेश्वरी विद्यालयमा पहुँचयुक्त संरचना तयार भएसँगै अनिता विद्यालयको गेटबाट एक्लै कक्षा कोठा, पुस्तकालय, क्यान्टिन, शौचालय पुग्न सक्छिन् भने विद्यालय परिसर पनि घुमफिर गर्न थालेकी छिन् ।

विगतमा उनलाई सहकर्मी र शिक्षक÷शिक्षिकाका सहयोग अनिवार्य हुन्थ्यो । हाल कक्षा ८मा अध्ययनरत अनितालाई अभिभावकले विद्यालय पु¥याउने÷ल्याउने गर्छन् । गुहेश्वरी विद्यालयको जस्तै अभ्यास नुवाकोट, दोलखा, धादिङका केही विद्यालय, स्वास्थ्य चौकी, मन्दिर परिसर र अन्य सार्वजनिक सेवा प्रदायक निकायमा तयार गर्न थालिएको महासंघ अध्यक्ष सुवेदीले जानकारी दिए ।

उनले भने–‘पहुँचयुक्त संरचना किन र कस्तो हुनुपर्छ भन्ने बुझाउन भूकम्प प्रभावित जिल्लामा नमूना संरचना तयार गर्ने पहल भइरहेको छ, सरकारी र अन्य निकायले पनि सिक्छन् भन्ने भन्ने हाम्रो बुझाई हो ।’

प्रतिक्रिया दिनुहोस्