समाचार प्रभाव: डा. वैद्यद्वारा उपाकर्म गुठीलाई ५० हजार सहयोग



काठमाडाैं । ‘नरसिंह जात्रा चलाउन धौं धौं शीर्षक’ को समाचार पढेर बेलायतमा बस्दै आएका एक नेपालीले ५० हजार रुपैया“ प्रदान गरेका छन् ।

भदौं १४ गते विहीबार नेपाल समाचारपत्रको यही पृष्ठमा सो समाचार प्रकाशित भएको थियो ।ललितपुरमा मनाईने ऐतिहासिक र धार्मिक महत्वको नरसिह जात्रा रकम अभावले सम्बन्धित गुठीयारहरुलाई चलाउन कठिनाई भएकोमा केन्द्रीत रहेको थियो ।सोही समाचार पढेर डा शम्भुगोविन्द वद्यैले ५० हजार रुपैया“ सहयोग स्वरुप उपलब्ध गराएको उपाकर्म गुठी व्यवस्थापन समितिले जनाएको छ ।

समाचार प्रकाशित भएको भोलिपल्ट नै डा. वैद्यले पठाएको नगद परिवारमार्फत नरसिह जात्रा पालो लिने व्यक्ति धु्रवज्वालानन्द राजोपाध्यायलाई सो रकम प्रदान गरिएको थियो ।यसैबीच समितिले एक विज्ञप्त प्रकाशित गरेर धर्मसंस्कृतिप्रेमी दाताको ध्यानआकृष्ट गर्न सफल भएको नेपाल समाचारपत्र दैनिक र दाता डा वैद्यलाई आभार व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्