बल्ल बन्ने भो भिमसेन मन्दिर



० सुनील महर्जन,ललितपुर
स्थानीयवासीकै अग्रसरतामा मंगलबजारस्थित भिमसेनको मन्दिर पुनःनिर्माण हुने भएको छ । विश्वसम्पदा सूचीकृत सो मन्दिरको पुनःनिर्माण सरकारीस्तरबाट नभएपछि त्यसको जिम्मा स्थानीयले लिएको हो ।

भूकम्पले सो मन्दिर क्षतिग्रस्त भएको थियो । जुनसुकै बेला भत्किने सक्ने खतरा रहेकोले हाल सो मन्दिर वरपर बाटो फलामको बार राखेर बन्द गरिएको छ ।
समितिमा मंगल टोल सुधार समितिका अध्यक्ष किरणमान प्रधान, ललितपुर महानगरपालिका वडा – १२ र १६ का वडाअध्यक्ष नारायणलाल अवाले, निर्मलरत्न शाक्य,ज्यापू समाजका अध्यक्ष प्रेम महर्जन, ताम्रकार समाजका अध्यक्ष रविन्द्रराज ताम्रकार रहनुभएको छ ।त्यस्तै समितिमा स्यस्य समाज लगायत विविध जातीय समाजको प्रतिनिधित्व रहेको छ ।

समितिले मन्दिर पुनःनिर्माणमा लाग्ने खर्चको विवरण पुरात्तत्व विभागमा पठाइसकेको छ । पुनःनिर्माणमा चार करोड ८० लाख रुपैया“ लाग्ने प्रारम्भिक आकंलन गरिएको छ । अहिले ‘सीड मनि’को रुपमा संघले १० लाख रुपैया“ राखिसकेको समितिका अध्यक्ष कृष्णलाल महर्जनले बताउनुभयो।

विश्वसम्पदा सूचीकृत सो मन्दिरको पुनःनिर्माण सरकारीस्तरबाट नभएपछि त्यसको जिम्मा स्थानीयले लिएको हो । भूकम्पले सो मन्दिर क्षतिग्रस्त भएको थियो । जुनसुकै बेला भत्किने सक्ने खतरा रहेकोले हाल सो मन्दिर वरपर बाटो फलामको बार राखेर बन्द गरिएको छ ।

मन्दिर पुनःनिर्माणमा लाग्ने सम्पूर्ण खर्च ललितपुर महानगरपालिका, स्थानीय व्यवसायी र दाताहरुको सहयोगमा उद्योग वाणिज्य संघले गर्ने छ ।समितिले पुनःनिर्माणका लागि धार्मिक विधिपूर्वक क्षमापुजा पनि गरिसकेको छ ।‘साइत निकालेर केही दिनमै मन्दिर भत्काउन शुरु गर्ने छौं ।’ समितिका अध्यक्ष महर्जनले भन्नुभयो ।

भूकम्पले क्षतिग्रस्त पाटनका अन्य पा“च सम्पदा कृष्णमन्दिर, विश्वनाथ मन्दिर र चारनारायण मन्दिर पुनःनिर्माणको जिम्मा काठमाडौं उपत्यका संरक्षण कोष ‘केभिपिटी’ ले लिइरहेको छ ।त्यसमध्ये मणिमण्डपका दुई पाटी, कृष्णमन्दिरको पुनःनिर्माणको कार्य सम्पन्न भइसकेको छ ।कोषको अध्यक्ष डा रोहित रञ्जितकारको प्राविधिक डिजाईनमा मन्दिर पुनः निर्माण हुने बताइएको छ ।

‘नेपालको डिपीआर भारतले पत्याएन’
भिमसेन मन्दिरलाई स्थानीय उद्यमी, व्यवसायीहरुले आराध्य देवताको रुपमा पुजिन्छ । भिमसेन मन्दिरको दर्शन र पुजाआजा गर्नाले व्यापार फलिफाप हुने आम व्यवसायीको विश्वास रहेको छ । भूकम्प गएको डेढ वर्षदेखि पुनःनिर्माणका जिम्मा दिन ललितपुर उद्योग वाणिज्य संघले पुरात्तत्व विभागलाई घचघच्याउ“दै आएको थियो । त्यतिबेला संघको अध्यक्ष सविन श्रेष्ठको अग्रसरतामा पुरात्तत्व विभागसंग पनि अनौपचारिक रुपमा पटक पटक छलफल गरिएको थियो ।

सोही विषयमा संघले स्थानीयवासिन्दा, टोल सुधार समिति र जातीय समाज लगायत सरोकारवालाहरुसंग राखेर पटक पटक भेला आयोजना गर्दै आएको थियो । यस अवस्थामा स्थानीयहरुको तर्फबाट पुनःनिर्माणको अगुवाई ललितपुर उद्योग वाणिज्य संघले गरेको हो ।

अनौपचारिक छलफलमा पुनःनिर्माण जिम्मा संघलाई दिन विभाग सकारात्मक भएको थियो । त्यसलगतै संघले पुनःनिर्माणको जिम्मा दिन औपचारिक पत्र विभागमा बुझाएको थियो। ‘त्यतिबेलासम्म विभागले मन्दिरको पुनःनिर्माणको जिम्मा भारतीय दूतावासलाई दिने निर्णय गरिसकेको रहेछ ।’ चर्चा चलेपनि काम अघि बढ्न नसक्नुको कारण बारे संघका निर्वतमान अध्यक्ष श्रेष्ठले भन्नुभयो ‘ विभाग, दुतावास हु“दै पुनःनिर्माणको कुरा गर्दागर्दै एक वर्ष वित्यो।स्थानीय तहमा जनप्रतिनिधि आएपछि पुनःनिर्माणको विषय पुन जोडतोडले उठ्न थाल्यो । ’

सो विषयमा संघले महानगरपालिका, सांसद्हरुसंग पनि कुरो राखेको थियो ।‘सबैतिरबाट सकारात्मक जवाफ पाए । अनि महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनसहित संघले भारतीय दुतावासका पदाधिकारीहरुलाई भेटेर पुनःनिर्माणको जिम्मा स्थानीयले लिन तयार रहेको कुरो राख“े ।’  समितिका अध्यक्ष महर्जनले भन्नुभयो ।स्थानीयले पुनःनिर्माण गरेमा भारतीय सरकारलाई कुनै आपत्ति नहुने जवाफ दुतावासले दिएपछि महानगरपालिकाले मन्दिरको पुनःनिर्माण स्थानीयले गर्ने आशय पत्र भारतीय दुतावासमा बुझाएको थियो ।

‘विभागले एउटा लागत इष्टिमेटसहित डिपीआर पठाएपनि पुनःनिर्माणको विषयमा नेपाल सरकार र भारत सरकारबीच गम्भीर रुपमा कुराकानी भइरहेको देखिएन ।’ प्रमुख महर्जनले भन्नुभयो ‘ यसले गर्दा मन्दिर पुनःनिर्माणको कार्य अझै दुई वर्ष पछाडि धकेलिन स्थिति रह्यो ।यस्तो स्थितिमा स्थानीयलाई जिम्मा दि“दा काम चा“डो हुने देखियो ।’


प्रमुख महर्जनका अनुसार भारतीय सहयोगमै पुनःनिर्माण हुने भएमा पनि सबै प्रक्रिया पु¥याउ“दासम्म डेढ वर्ष वर्ष अघि पुनःनिर्माण शुरु हुने अवस्था छैन । ‘भारतीय राजदूतावासमा भारतीय अधिकारीहरुले भनेको कुरो हो । मन्दिर कुनै बेला भत्किन सक्ने अवस्था रहेको कारण त्यति समय पर्खिन सक्ने अवस्था पनि छैन ।’ प्रमुख महर्जनले भन्नुभयो ।

विभागले परराष्ट्र मन्त्रालय हु“दै भारतीय दुतावासमा पठाएको पुनःनिर्माणको डिपीआर भारतका पुरात्तत्वविद्हरुले नपत्याएको पनि प्रमुख महर्जनको भनाई रहेको छ । उनीहरुले डिपीआरमा लेखिएका कयौं विषयहरु सुधार गर्नुपर्ने धारणा राखेका थिए । भारतीय पुरात्तत्वविद्हरुको भनाईलाई उधृत गर्दै उहा“ले भन्नुभयो ।

संघले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीलाई भेटेर पनि पुनःनिर्माणको जिम्मा दिन आग्रह गरिसकेको छ । स्थानीयले पुनःनिर्माण गर्ने कुराप्रति भारतीय दुतावासदेखि सरकारी निकाय पनि सकारात्मक जवाफ पाएपछि समितिले पुनःनिर्माण शुरु गर्न लागेको हो ।

गत सोमबार पत्रकार भेटघाटको आयोजना गरी समितिले मन्दिर पुनःनिर्माण शुरु गर्ने जानकारी दिएको थियो ।यद्यपि अहिलेसम्म विभागले पुनःनिर्माणका लागि औपचारिक रुपमा स्वीकृति दिएको छैन । स्थानीयलाई पुनःनिर्माणको जिम्मा लगाउने विषयमा परराष्ट्र मन्त्रालय मार्फत भारतीय दुतावासलाई विभागले पत्र पठाइसकेको छ ।‘दुतावासले अहिलेसम्म औपचारिक जवाफ पठाएको छैन ।’ विभागका महानिर्देशक भेषनारायण दाहालले भन्नुभयो ।

‘मन्दिर पुनःनिर्माणमा सार्वजनिक खरिद ऐन बाधक’
मन्दिर पुनःनिर्माणको जिम्मा स्थानीयलाई नै दिन महानगरपालिका प्रमुख महर्जनले जोड गर्नुको एउटा मुख्य कारण थियो, सार्वजनिक खरिद ऐन । भूकम्पले क्षतिग्रस्त मन्दिर पुनःनिर्माणमा सो ऐन आकर्षित हुन नहुने विषयमा प्रमुख महर्जनले लबिङ गर्दै आउनुभएको छ ।

ऐन अनुसार कुनै पनि सरकारी कार्य बोलपत्र आहवान गरेर ठेकदार मार्फत गराउनुपर्दछ ।सडक, पुल, भवन निर्माण गर्नेले मन्दिर बनाउने ठेक्का लिएर राम्ररी काम गर्न सक्छ त ? ’ प्रमुख महर्जनले प्रश्न तेस्याउ“दै भन्नुभयो–‘ मन्दिर पुनःनिर्माणमा प्रयोग हुने मां अप्पा, दा“ची अप्पा (मन्दिर निर्माणमा प्रयोग हुने इ“टा), धुसी (एकप्रकारको काठ) सडक बनाउने ठेकदार थाहा होला त? ’ पक्कै थाहा हु“दैन । थाहा नहुने मन्दिर बनाउ“दा कस्तो हुन्छ ?’

बोलपत्र आहवान गरेर गराउ“दा लागत रकम भन्दा कम राख्नेले ठेक्का पाउ“छ ।‘त्यसमा भ्रष्टाचार हु“दैन भनेर कसरी भन्ने ? त्यो कार्य गुणस्तर हुन्छ भनेर कसरी हुन्छ ’ प्रमुख महर्जनले भन्नुभया–े ‘बोलपत्र आहवान गरी भइरहेको पुनःनिर्माण कार्य सुस्त भएपछि सम्बन्धित दाताहरुले आलोचना गरेको ग¥यै छ ।’

बुंगमतीको मच्छिन्द्रनाथको मन्दिर, पाटनको राधाकृष्ण मन्दिर (जहा“ ठकेदार नै गायब भएका छन् ।),शंखमुलस्थित जगतनारायण मन्दिर, पाटन सुन्धारास्थित उमा महेश्वरको मन्दिर हाल ठेकदार मार्फत पुनःनिर्माण भइरहेको छ ।‘ती मन्दिरको पुनःनिर्माणमा प्रगति नभएको र कार्यको गुणस्तरमा प्रश्न उठेको छ ।’ प्रमुख महर्जनले भन्नुभयो– ‘ विशेषतः बुगंमतिस्थिति मच्छिन्द्रनाथको मन्दिरको पुनःनिर्माण कार्य गुणस्तर बारे श्रीलंका सरकारले समेत प्रश्न उठाइरहेको छ ।’प्रमुख महर्जनले यस विषयमा संस्कृति मन्त्रालयपनि कुरो राखिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्