नापी अधिकृतविरुद्ध मुद्दा दायर



काठमाडौँ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला नापी कार्यालय गौरका नापी अधिकृत धिरेन्द्रकुमार लालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता रामेश्वर दङ्गालका अनुसार नापी अधिकृत लाललाई जग्गाको अंशबण्डाको कित्ताकाट गर्ने प्रयोजनाका क्रममा सेवाग्राहीसँग रु १५ हजार घुस लिएको अभियोग लागेको छ ।
रासस

प्रतिक्रिया दिनुहोस्