टासिघाङः विकास र समृद्धिको गाँउ



चिरञ्जीवी मास्के, चिन ।
खान्ड्रोको उमेर ६८ बर्ष पुग्यो । नाता नातिनीसंग रमाई रहेकी खान्ड्रोको मुहारमा जसरी खुशी देखिएको छ मनमा त्यस्तै सन्तोष र उत्साह रहेको बताउछीन् उनी ।

तिब्बतको लुलाङ काउण्ट्रीमा पर्ने टाँसीघाङ गाँउकी खान्ड्रोको खुशी र उत्साह आफ्नो गाँउको विकास र समृद्धिसंग जोडिएको छ । अहिले गाँउमा कुनैकुराको कमी छैन्, सबै सुविधा छ, सबै सम्पन्न छन्, त्यसैले सबै खुशी छन् – खान्ड्रोले भनिन् ।

६८ परिवार रहेको टाँसीघाङ गाँउको जनसंख्या तीन सय १८ छ । तिब्बतको राजधानि लासाबाट झण्डै ६ सय किलोमीटरको दूरीमा रहेको यो गाँउमा सडक, बिजुली, विद्यालय, स्वास्थ्यचौकी लगाएत सबै खालको सुविधा रहेको छ ।

लुलाङकै लिन्जीबाट नौ बर्ष अघि बसाई सरेका टाँसीघाङ गाँउका ६८ परिवारमै होमस्टेको सुविधा रहेको छ । लिन्जीमा दुईवटा ठुलो होटल पर्ल रिभर इन्टरनेशनल होटल र एर्टल पोली होटल बनेपछि हामी टाँसीघाङमा आएका हौ – स्थानि अगुवा छ्योले भने । दैनिक धेरै पर्यटक आउने टाँसीघाङका स्थानियको आम्दानिको मुख्य स्रोत चौरीको चिज, छुर्पी, च्याउ आदिको बिक्रिबितरण रहेको छ्योको भनाई छ ।

गाँउ नजिकै दुई ठुला (फाईभ स्टार) होटल भएपनि गाँउमा रहेको होमस्टेमा बस्न धेरै पर्यटक आउने गरेको र उनीहरुले नै चिज, छुर्पी, च्याउ आदि किन्ने गरेको छ्यो बताउछन् । ती दुई ठूला होटलले हाम्रो गाँउको विकास र समृद्धिमा टेवा पु¥याएको छ, त्यसैले हामीलाई होटलको कारण लिन्जीबाट विस्थापित हुनु परेकोमा कुनै गुनासो छैन् – छ्योले भने ।

टाँसीघाङ गाँउका स्थानिय केहिमात्र चिनको राजधानि बेईजिङ पुगेका छन् । गाँउमै स्कूल र स्वास्थ्यचौकी भएकोले उनीहरुलाई शिक्षा र स्वास्थ्यको लागि खासै समस्या छैन् । सबै सुविधा गाँउमै भएकोले राजधानिसंग धेरै नजिक रहनु पर्ने आवश्यक नभएको छ्यो बताउछन् । उच्च शिक्षा र थप उपचारको लागि लुलाङ या लासा नै पर्याप्त हुने टाँसीघाङका स्थानियको भनाई छ ।

प्रत्येक घरमा टिभि, फ्रिज, टेलिफोन, सिसि क्यामेरा तथा नेटको समेत सुविधा रहेको यो गाँउ सफा र चिटिक्क परेको छ । होमस्टे र स्थानिय उत्पादनको बिक्रिबाटै एउटा परिवारले मासीक ४० हजार आरएमबि (नेपाली रुपैया ६ लाख ८० हजार) सम्म कमाई गर्ने भएकोले पनि सुविधा सम्पन्न ढङ्गले बस्न सकिएको छ्यो बताउछन् । हामीले सरकारलाई कर धेरै तिर्नु पर्छ तर त्यहि अनुसार सुविधा भएकोले कसैको गुनासो छैन् – छ्यो ले भने । उनको बिचारमा विकास र समृद्धिको लागि सामुदायीक भावना, मेहेनत र जिम्मेवारीको बोध हुनु पर्छ ।

 

प्रतिक्रिया दिनुहोस्