चोरी गरेर भाग्दै गरेका दुई युवा पक्राउ



पर्वत ।
आफैले काम गर्ने होटलमा धनमाल चोरी गरेर भाग्दै गर्दा दुई युवालाई मुस्ताङ प्रहरीले पक्राउ गरेको छ ।

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मुक्तिनाथ बजारमा रहेको हिमालयन प्याराडाइज होटलबाट २६ गते सुन सहित एक लाख ५० हजार नगद चोरी गरी भाग्दै गरेका युवालाई प्रहरीले पक्रेको हो ।

प्रहरीले नवलपरासीको बर्दघाट नगरपालिका – ४ का आषिश खत्री र ओखलढुङ्गाको मलङ गाउँपालिका – २ का गेल्पु शेर्पालाई बुधबार नियन्त्रणमा लिएको हो । उनीहरुलाई मुस्ताङको घरपझोङ गाउँपालिका – ४ काठेपुलबाट नियन्त्रणमा लिइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।प्रहरीले उनीहरुको साथबाट १ लाख १५ हजार नगद, १० तोला सुनको बाला, १ थान सुनको औँठी, काण्डिमाला १ थान, सुलेमाला २ थान, चाँदिको दिग्रा २ थान र मोति माला बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्