चमेलियामा बगेर एक बालकको मृत्यु



किरन धामी, दार्चुला ।
दार्चुला र बैतडीको सिमा भएर बग्ने चमेलिया नदीमा बगेर एक वालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मार्मा गाउँपालिका वडा नम्बर ४ का ६ वर्षिय वालक कविराज विष्ट रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

बुधबार अपरान्ह ४ बजे तिर नदिमा नुहाउने क्रममा बगेका वालकको शव बगेको स्थान भन्दा ५ सय मिटर तल नदि किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी प्रहरी निरिक्षक हिक्मत बहादुर बोहराले जानकारी दिए ।

प्रहरीले मृतक वालकको शव खोला किनारबाट निकालरे पोष्टमार्टमका लागी गोकुलेश्वर अस्पताल लगेको प्रहरीले जनाएको छ । मृतक वालक मार्मा गाउँपालिका वडा नं ४ मर्मतीमा रहेको हटिनाथ आधारभुत विद्यालयमा कक्षा १ मा अध्ययनरत थिए ।

प्रतिक्रिया दिनुहोस्