भत्किने सडकमा बृक्षारोपणको नाउमा लाखौं रकम स्वाहा



कृष्णउदास खनाल, वीरगन्ज ।
निकट भविष्यमा नै भत्कन लागेको सडकमा बृक्षारोपाण गरेर बिरुवाको नास गरिएको र अनावश्यक बजेट खर्च गरिएको भन्दै आपत्ति जनाइएको छ ।

प्रकृति सेवा प्रतिष्ठानले वीरगन्ज महानगरपालिकामा ज्ञापन पत्र बुझाउँदै बोट विरुवा र पर्यवरण संरक्षणमा ध्यान दिन सुझाव दिएको हो । प्रतिष्ठानका संस्थापक अध्यक्ष जसपाल सिंहले वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा. भिष्म कुमार भुषाललाई ज्ञापनपत्र बुझाउदै भत्किने सडकमा भन्दा उचित स्थानमा बृक्षारोपण गर्न माग गरेका छन् । । प्रतिष्ठानले हरियो, सफा र स्वस्थ वीरगञ्ज, प्लाष्टिक झोला र प्रदुषण मुक्त वीरगन्ज भन्ने नारा लिएर पर्यावरण संरक्षणका लागि काम गर्दै आएको छ ।

 

दुई चारदिनदेखि मुख्य सडकमा विरुवा रोप्ने कार्य भईरहेकोले भत्काउने सडकमा विरुवा नरोप्न आग्रह गरिएको प्रतिष्ठानका संस्थापक अध्यक्ष सिंहले बताए । अहिले रोप्दा श्रम, समय र विरुवा सबै खेर जाने उनको भनाई छ । सडक फराकिलो गर्ने भनी सरकारको निर्देशन भएपनि महानगरपालिकाले सडकमा मार्नका लागि बोट विरुवा रोप्ने अनुमति महानगरपालिकाले किन र कसरी दियो, यसमा के षडयन्त्र छ ? यस्तो कार्यलाई तुरुन्त रोकेर बोट विरुवा हत्या हुनबाट रोक्नुपर्ने माग ज्ञापन पत्रमा गरिएको छ ।

 

त्रिभुवन राजमार्ग अन्र्तगत पर्ने वीरगन्जको मुख्य सडक २५र२५ मिटर फराकिलो गर्नेबारे लामो समयदेखि चर्चा चलेको भएपनि कार्यान्वयन भने भएको छैन । वीरगन्ज महानगरपालिकाले भने १५र१५ मिटर मात्रै चौडा गर्नुपर्ने प्रस्ताव अघि सारेको छ । महानगरपालिका मेयर विजय सरावगीलेले लाखौको बजेट हचुवाको भरमा वृक्षारोपणको नाममा हिनामिना गरेको नगरवासीले आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्