बालिका बलात्कार गरेको आरोपमा ४० वर्षीय व्यक्ति पक्राउ



कञ्चनपुर  । दश वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा महाकाली नगरपालिका–४ का ४० वर्षीय आइते सुनारलाई प्रहरीले नियन्त्रमा लिएको छ ।

मङ्गलबार साँझ सुनारले बालिकामाथि जबर्जस्ती करणी गरेका थिए । सुनारलाई स्थानीयवासीको सहयोगमा इलाका प्रहरी कार्यालय दोधारले नियन्त्रणमा लिई अनुसन्धान थालेको प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले जानकारी दिनुभयो ।

कारागार चलान 

कृष्णपुर नगरपालिका–७ शान्तिपुरका ३३ वर्षीय किशोरदत्त भट्टलाई धरौटी रकम तिर्न नसक्दा कारागार चलान गरिएको छ । भट्टले यही भदौ १८ गते कुटानी पिसानी गर्न मिलमा आएका ७० वर्षीय वृद्ध रामदुलारी रानालाई कुटपिट गरेका थिए । भट्टसँग रु १० हजार धरौटी माग गरेपनि तिर्न नसकेपछि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अभद्र व्यवहार गर्नेलाई कार्बाही 

दश वर्षीया बालिकामाथि अभद्र व्यवहार गरेको आरोपमा बैतडीको दोगडा केदार गाउँपालिका–७ का ६० वर्षीय जयसिंह कार्कीलाई कारागार चलान गरिएको छ । धरौटी रकम रु १० हजार तिर्न नसकेपछि उनलाई कारागार पठाइएको हो । कार्कीले यही भदौ १९ गते बालिकामाथि हातपात गर्दै अभद्र व्यवहार गरेका थिए ।

स्थानीयपवासीले उनलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका थिए । धरौटीवापतको रकम तिर्न नसकेपछि कार्कीलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । –रासस

प्रतिक्रिया दिनुहोस्