अमेरिकाद्वारा किमको पत्रको प्रशंसा , आइसीसीलाई चेतावनी



वासिंगटन,(एजेन्सी)
उत्तर कोरियाका वरिष्ठ नेता किम जोंग उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई एउटा पत्र लेखेर गत १२ जुनमा सिंगापुरमा सम्पन्न ऐतिहासिक निशस्त्रीकरण वार्तालाई जारी राख्न अनुरोध गरेको मंगलवार अमेरिकी राष्ट्रपति भवन व्हाइट हाउसले जनाएको छ ।

अमेरिकाले पुन किम र ट्रम्पबिचको नयाँ वार्ताको तिथि तोक्नका लागि पहिल्यै पहल शुरु भइसकेको जनाएको छ । व्हाइट हाउसका प्रवक्ता साराह सन्डर्सले यस निकै सौहार्दपुर्ण पत्रले प्योंगयांगको निशस्त्रीकरण प्रतिको निरन्तर प्रतिवद्धता प्रतिविम्वित भएको बताएकी छिन् ।

सिंगापुर शिखर वार्तापछि ति दुई नेताको संवाद ठप्प भएके जस्तो देखिएको थियो । तर सन्डर्सले ट्रम्प र किम बिचको संभावित वार्ता कहाँ हुने भन्नेबारे केहि बताएकी छ्रैनन् । तर उनले भनेकी छिन् , ‘ किमको पत्र निकै सकारात्मक र सौहार्द रहेको छ ।

गत सप्ताहान्तमा उत्तर कोरियाको सत्तरीऔं वार्षिकोत्सवको उपलक्षमा आयोजित सैनिक परेडमा अन्तर महादेसिय क्षेप्यास्त्रहरु प्रदर्शन नगरिएकोमा पनि अमेरिका प्रशंसा गर्दछ । यसले ट्रम्पको नीतिहरुको व्यापक सफलता झल्काउँछ । ’ ति अन्तरमहादेशिय क्षेप्यास्त्रमार्फत अमेरिकाका जुनसुकै भुभागमा आणविक हमला गर्न सकने भनाईको कारण अमेरिका तनावमा पर्ने गरेको थियो ।

ट्रम्पले पनि उत्तरकोरियाको यस सकारात्मक पत्रलाई लिएर ट्विटर मार्फत किमलाई धन्यवाद दिएका छन् । उनले किमलाई आफुहरु दुवै मिलेर सबै गलत छन् भन्ने प्रमाणित गर्ने कुरा उल्लेख गरेका छन् ।

तर केहि दिन अघि मात्र डोनाल्ड ट्रम्पकै निर्देशनमा अन्तिम समयमा आएर अमेरिकी विदेश मन्त्री माइक पोम्पियोको उत्तर कोरियाली भ्रमण रद्ध गरिएको थियो ।

यसैबिच अमेरिकाले यदि अमेरिकीहरु विरुद्ध कारवाहीका लागि अगाडि बढेको खण्डमा आफुले नेडरल्यान्डको हेग स्थित अन्तर्राष्ट्रिय आपराधिक अदालत ( आइसीसी ) माथि नै प्रतिवन्द लागाउने चेतावनी दिएको छ ।

यस अदलातले अहिले अफगानिस्तानमा हिरासतमा रहेका कैदीहरुलाई अमानविय यातना दिएके अभियोगमा अमेरिकी अधिकारीहरुलाई कारावही गर्ने सोचमा रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्