पत्नीको टाउको सहित पतिको आत्मसमर्पण



नयाँदिल्ली,( एजेन्सी)
भारतिय कर्णाटक राज्यको प्रहरीले आफ्नो पत्नीको काटिएको टाउको झेलामा बोकेर प्रहरी चौकीमा आत्मसमर्पण गर्न आएका एकजना पुरुषलाई गिरफतार गरेको मंगलवार जनाएके छ ।

सरकारी अधिकारीहरुले सतिश एसजि नामक ति व्यक्तिले चिक्मागालुर जिल्ला स्थित प्रहरी चौकीमा आएर आफ्नी पत्नीको हत्या गरेको स्विकारेको वीवीसीलाई जानकारी दिएको छ । उनी विरुद्ध हत्याको अभियोग लगाइएको छ ।

आफ्नी पत्नीको परपुरुषसंग यौन सम्बन्ध रहेको आंशकामा उनले हत्या गरेको हुनुपर्ने अनुमान गरिएको छ । सात वर्ष अघि विावाह बन्धनमा बाँधिएका तिनीहरुको दुई सन्तान छन् ।

प्रहरीले उनलाई मंगलवारन ैअदालतमा पेश गर्ने बताएके छ । सो चौकीका वरिष्ठा प्रहरीले भनेका छन् , ‘ ति हत्याराका पत्नी सहयोग माग्दै केहि समय अघि प्रहरी चौकीमा आएकी थिइन् । तिनीहरुको लामो समय देखि पारिवारिक कलह चलिरहेको जस्तो देखिन्छ । हामीले कहिलेकाहिं तिनीहरुलाई सम्झाएर पठाउने गरेका थियौं ।

तर उनले आफ्नी पत्नीको चरित्रमा नै शंका गरेको भन्ने अनुमान हामीले गरेका थिएनौं । ’ लामो समय देखि भारतमा घरेलु हिंसाको कारण महिलाहरुको हत्या हुने घटना बाहिरिरहेको छ । महिलाहरुका लागि राष्ट्रिय आयोगका अध्यक्ष रेखा शर्माले चरित्र माथिको शंका , दाइजो र विवाहेत्तर सम्बन्ध जस्ताकारण निर्दोष महिलाहरुको ज्यान जाने गरेको गुनासो गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्