ब्राजिल: कैदी फरार



सालो पाउलो (एजेन्सी)
पुर्वी ब्राजिल स्थित अत्यधिक सुरक्षा ब्यवस्था रहेको एक जेलमा भएको आक्रमणमा एक प्रहरीको मृत्यु भएको छ । जेलको मुख्य प्रवेशद्वारलाई अत्याधुनिक हतियारबाट सुसज्जित आक्रमणकारीहरुले उडाइदिएका थिए । उक्त घटनामा १ सय भन्दा धेरै कैदी फरार भएका छन् ।

आक्रमणकारी करिब २० संख्यामा रहेको र उनीहरुल चारवटा गाडीमा आएको अधिकारीहरुले बताए । उनीहरुले निगरानी टावरमा गोलाबारी गरेको र रोमु गोंकाल्ब्स एब्रेंटिस जेलको मुख्य द्वारलाई विस्फोटकबाट उडाएको अधिकारीहरुले बताए । गत महिना पनि ब्राजिलको एक जेलबाट हुलदंगा हुँदा दर्जनौ कैदी फरार भएका थिए ।

प्रतिक्रिया दिनुहोस्