निसानका गाडीमा ‘फेस्टिभ ड्राइभ’ अफर



काठमाडौं, (नेस)
निसान गाडीको आधिकारिक वितरक तथा बजार व्यवस्थापक कम्पनी पायोनियर मोटोकर्पले नाडा अटो शोसँग नै निसान गाडीका लागि ‘फेस्टिभ ड्राइभ’ उपहार योजना पनि सुचारू गरेको छ ।

निसान फेस्टिभ ड्राइभ योजना अन्तर्गत नाडा अटो शोमा आएका ग्राहकले बुकिङ गरेवापत योजनाको अन्त्यमा नगद २७ हजार रुपियाँ बराबरको रेडमी नोट–५मोबाइल फोन प्राप्त गर्न सक्नेछन् ।

नाडा अटो शोमा नै पायोनियर मोटो कर्पले फाइनान्स र किस्ताबन्दीको प्रावधान पनि लागँ गरेको छ । जसअन्तर्गत् १४ हजार ६११ रुपियाँसम्मको न्यँन मासिक किस्ता तिर्ने प्रावधानसम्म छ ।

नाडा शोदेखि नै लागँ भएको यो योजना चाड–पर्वको यो मौसमसम्मै लागँ रहने कम्पनीले जनाएको छ । यो योजनाबाट ग्राहकले ४९ हजार रुपियाँसम्मको एसेसोरिज, १ वर्षको निःशुल्क बीमा, १ वर्षसम्म सडक कर निःशुल्क, ३ वर्षको वारेन्टी र सर्भिसिङ, तत्काल फाइनान्स र एक्सचेन्जको सुविधा र ६ लाखसम्मको नगद छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

नाडा अटो शो को स्टल नं. ए ३ मा निसान गाडीका बारेमा थप जानकारी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्