रेडिअन्ट क्वाटरफाइनलमा



आयोजक रेडिअन्ट छैटौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजतर्फ मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

रेडिअन्टले माउन्ट ग्लोरीलाई २४–१५ ले पराजित ग¥यो । विजयी टिमका लागि सन्जिव भण्डारीले १० अंक जोडे ।

सिनियर गल्र्समा न्यु भिजन, निम्स र सिद्धार्थ बनस्थली क्वाटरफाइनलमा पुगे । न्यु भिजनले ग्यालेक्सीलाई १६–८ ले हरायो । विजेताकी मनीषा गुरुङले ८ अंक जोडिन् । डोल्माको ८ अंक सहयोगमा निम्सले एलआरआईलाई १८–६ ले पन्छायो । स्वर्णिम विरुद्धको खेलमा सिद्धार्थ बनस्थली २३–२१ ले विजयी भयो । विजेताकी रक्षा श्रेष्ठले ६ अंक जोडिन् ।

सिनियर ब्वाइजमा जेनिथले लोक आदर्शलाई २३–१०, एपेक्स लाइफले हर्टल्यान्डलाई १८–१७, ग्यालेक्सीले द एक्सेल्सियर स्कुललाई ५२–२२, पिपुल्स एकेडेमीले संस्कृतिलाई ४०–३० तथा न्यु भिजनले ज्योति एकेडेमीलाई ३८–२९ ले निराश पारे ।

प्रतिक्रिया दिनुहोस्