गोरुको आक्रमण बाट घाईते बालिकालाई उपचार सहयोग प्रदान



विमल बिष्ट, डोटी ।
डोटीमा एकजना बालिका लाई उपचारका लागि आर्थिक सहयोग प्रदान गरिएको छ । जिल्लाको दिपपायल सिलगढी नगरपालिका ८ बस्ने बर्ष १३ की लालि कुन्जेडाको उपचारका लागि डोटी चेम्बर अफ कर्मसको पहलमा १० हजार रकम संकलन गरिएको हो । आर्थिक अवस्था कमजोर भएकी उक्त बालिकालाई गएको भदौ २१ गते बिद्यालय जाने क्रममा गोरुले हान्दा भुडी च्यात्तियर आन्द्रा बाहिर निस्किएको थियो । गोरुले हानेर गम्भिर घाईते भएकी बालिकाको दिपायल पिपल्ला स्थित शैलेस्वरी अस्पतालमा उपचार भईरहेको छ ।

 

उक्त घाईते बालिका लाई यहाँका स्थानिय,ब्यापारी,कर्मचारी तथा बुद्धिजिबिहरुले आर्थिक सहयोग गरेको डोटी चेम्बर अफ कर्मसका सचिब तेजबहादुर डुम्रेलले बताउनु भयो । उहाँले भन्नु भयो ‘गोरुले हानेर गम्भिर घाईते बहिनीलाई उपचारका लागि समस्या भएको हामीले थाहा पायौ र हाम्रो पहलमा आर्थिक सहयोग जुटाएका छौ,आर्थिक सहयोग जुट्दै छ र उपचार पनि हुदै छ ।’ बाबु गुमाएकी उक्त बालिकाको घरमा आमा र ८ वटा अन्य बहिनी र एक भाई रहेका छन् । निज बालिका मन्टेस्वरी आधारभुत बिद्यालय लडागडामा कक्षा ५ मा अध्यनरत छन् ।

प्रतिक्रिया दिनुहोस्