फोहोरकै कारण सास्ती भोग्दै ललितपुरबासी, बाटो नै अवरुद्ध



सुुनील महर्जन, ललितपुर ।
ललितपुर महानगरपालिकाले फोहोर उठाउन नआएकोमा आक्रोश पोख्दै स्थानीयवासी प्रदर्शनमा उत्रिएका छन् ।
ललितपुर महानगरपालिका ८, ९ र १२ को नउेत चौबाटोमा फोहोर थुपारेर स्थानीयबासिन्दाहरु प्रदर्शनमा उत्रिएका हुन् । खपिन्छे, लोल, बखुम्बहाल र कुटीसौगलका स्थानीयवासिन्दाले प्रदर्शन गरेपछि आवागमन ठप्प भएको थियो ।

 


ललितपुर – ९ वडाका स्थानीयवासीको एक समूहले शुरुमा चौबाटोमा फोहोर थुपारेका थिए । त्यसपछि एक, दुई जना गर्दै सबै स्थानीयवासीले बाटोभरि यत्रतत्र फोहोर जम्मा गर्न थाले । करिब तीन सातादेखि घरघरमा थुप्रिएको फोहोर उठाउन नआएको भन्दै जनप्रतिनिधिको विरोध गर्दै उनीहरुले फोहोर थुपारेका थिए ।फोहोर थुपारेपछि वरपरको वातावरण निकै दुर्गन्धित बनेको थियो ।
‘फोहोर उठाउन गाडी नआएको तीन साता भइसक्यो । घरमा जम्मा गरीराखेका फोहोर सड्न थाल्यो । बस्नै नहुने गरी दुर्गन्ध आएपछि के गर्ने त ?’ लाेंल टोलका स्थानीयवासी अनिल महर्जनले नेपाल समाचारपत्रसंग भन्नुभयो ।

 

‘कर लिएपछि महानगरपालिकाले त्यस अनुसार सुविधा दिनुपर्दैन् र ’ जताततै दुर्गन्ध आउने ठाउ“लाई महानगर भन्न मिल्छ ’ स्थानीयवासी सुरज महर्जनले भन्नुभयो ‘आज सडकमा फोहोर फाले । यस्तै हो भने भोलि महानगरपालिकामा गएर फोहोर फाल्नुपर्ने हुन्छ ।’

चौबाटोमा फोहोर थुप्रिएपछि बालकुमारी, भोलढोका हु“दै मंगलबजार र सौगल जाने र च्यासल, खपिन्छे हु“दै मंगलबजार र सौगल जाने बाटो दिनभर अवरुद्ध भएको थियो।फोहोर थुपारिएको करिब आधा घण्टापछि बाटो खुलाउन महानगरपालिकाको गाडी आएर फाहोर उठाउन शुरु गरेको थियो ।अहिलेसम्म फोहोर उठाउने क्रम चलिरहेको छ । महानगरपालिकाले सो फोहोर उठाएर बालकुमारीस्थित वातावरण महाशाखाको परिसरमा रहेको ‘ ट्रान्सफर स्टेशनमा’ राखिएको छ ।

 

‘वर्षाको समयमा बाटो हिलाम्य भएकोले सिसडोलस्थित ल्याण्डफिल साइटमा गाडी जान सकेको छैन । यसले गर्दा फोहोर उठाउन नसकेको हो ।’ललितपुर महानगरपालिका –१२ का वडाअध्यक्ष नारायणलाल अवालेले भन्नुभयो‘ फोहोर जम्मा गर्ने ठाउ“ नै बा“की नहुने गरी बालकुमारीस्थित ‘ ट्रान्सफर स्टेशनमा’ फोहोर जम्मा पारिराखेको छु ।

सिसडोलमा गाडी जानआउन सहज भएपछि फोहोर उठाउन शुरु गर्ने पनि वडाअध्यक्ष अवालेले बताउनुभयो । फोहोर व्यवस्थापनको लागि सिसडोलको विकल्प खोज्न हतार भइसकेको महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले बताउनुभयो ।

 

मेयर चिरिबाबु महर्जनकाे भनार्इ

‘सिसडोलस्थित ल्याण्डफिल साइटको विकल्प बारे कुरा गर्न २७ दिन लगाएर बल्लतल्ल प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटे । जनप्रतिनिधिहरुले जतिसुकै राम्रो काम गरेपनि फोहोर व्यवस्थापन गर्न नसक्दा जनताबाट सधै आलोचित भइरहेको छ। त्यसैले बञ्चरे डा“डामा वैकल्पिक ल्याण्डफिल साइटको व्यवस्था गर्न ढिलाई भइसकेको कुरा राखे ।’ प्रमुख महर्जनले भन्नुभयो । फोहोर व्यवस्थापनमा महानगरपालिका नभई सिंगो राज्य नै चुकेको पनि प्रमुख महर्जनको धारणा रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्