तरुण दलका नगर अध्यक्ष पुनको हत्याको बिरोधमा वीरगन्जमा प्रदर्शन



कृष्णउदास खनाल, वीरगन्ज ।
रोल्पामा तरुण दलका नगर अध्यक्ष रोहित पुन हत्याको विरोधमा नेपाल तरुण दल पर्साले वीरगन्जमा प्रदर्शन गरेको छ ।
हत्यामा संलग्नलाई पक्राउ गरी कारबाही नगरेको भन्दै नेकपा नेतृत्वको सरकारको विरोधमा विभिन्न नाराबाजी गर्दै वीरगन्जमा प्रदर्शन गरेको हो ।उनीहरुले जिल्ला प्रशासन कार्यालय पर्सा मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा ज्ञापनपत्र समेत बुझाएका छन् ।वीरगन्जको घण्टाघर चोकबाट प्रदर्शन गर्दै नेपाल तरुण दलका नेता कार्यकर्ताहरु जिल्ला प्रशासन कार्यालयसम्म पुगेका थिए । त्यहाँ केहीबेर नाराबाजी गर्नुका साथै केही नेताहरुले भाषण गरेका थिए ।

 

त्यसपछि प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्यालले ज्ञापन पत्र बुझ्न ढिलाई गरेको भन्दै उनीहरुले प्रजिअकै विरोधमा नाराबाजी गरे । उनीहरुले प्रमुख जिल्ला अधिकारी तानाशाही बनेको र तस्करी नियन्त्रण गर्न नसकेको आरोप समेत लगाए । तरुण दल पर्साका सचिव विवेककुमार चौरसियाद्वारा हस्ताक्षरित विज्ञप्तीमा घटनाको सत्यतथ्य छानविन गरी दोषीमाथि कडा कारबाही गर्नुपर्ने माग गरिएको छ । पीडित परिवारलाई तत्कल प्रदान गर्नुपर्ने, पुनलाई शहीद घोषणा गर्नुपर्ने माग पनि ज्ञापनपत्रमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्