कारागारभित्र योग गुरु



-भगवती तिमन्सिना

धुलिखेल कारागारमा कैदी जीवन बिताइरहेका व्यक्तिले बारम्बार स्वास्थ्य समस्या भयो भनिरहँदा जेल प्रशासन बाध्य छ दिनानुदिन थपिँदो कैदीको चाप बेहोर्न। क्षमताभन्दा तेब्बर बढी कैदी एकै थलोमा राखिएको धुलिखेल कारागारमा शारीरिक मात्र हैन मानसिक स्वास्थ्य समस्या भएका कैदी दिनप्रतिदिन बढ्दो छन्।

यतिबेला देशका स्वास्थ्य संस्था प्रायः ठप्प हुने गरी आ≈वान गरिएको आन्दोलन चर्किरहँदा काभ्रे जिल्लाको धुलिखेलमा अवस्थित जेलभित्र भने पतञ्जली योग समिति काभ्रेको सहयोगमा ‘गरौं योग रहौं निरोग’ भन्ने मँल नारासहित धुलिखेल नगरपालिका–७ का युवाले १ साताका लागि निःशुल्क योग शिविर सञ्चालन गरेर आध्यात्मिक शिक्षा र स्वास्थ्य शिक्षा दिएका थिए। योग विज्ञान शिविरबाट अड्डा बजार योग साधना केन्द्रका जुझारु युवाले कारागार जीवन बिताउनेले एक पटक गल्ती गरे पनि भविष्यमा त्यस्ता गल्ती नदोहो¥याउन र कारागार भनेको स्वच्छ, स्वस्थरूपमा मन र व्यवहारलाई सुधार गर्ने सुधार गृह रहेछ भनी व्यावहारिक आचारणमा सुधार ल्याउन सकँन् भन्ने उद्देश्यले योग शिविर चलाएको बताउँछन्।

चौतर्फी सुरक्षा घेराभित्र खुम्चिएर बस्न बाध्य कारागार (जेल) जीवन बिताइरहेका कैदीले स्वास्थ्य सेवा, योग साधनाका शिक्षा बारम्बार पाउँथे भने वास्तवमै उनीहरूको जीवनमा पनि नयाँ सोच र सुधार आउथ्यो होला। ७० जनाको क्षमता रहेको धुलिखेल कारागारमा यतिबेला २ सय १२ जना कैदीले कारागारभित्र उकुसमुकुस भएर जीवन बिताइरहेका छन्। सानो घर खचाखच मान्छे, जस्ताको छाना र चारैतिर कतै केही नदेखिने गरी उठाइएका अग्ला–अग्ला पर्खाल, दायाँबायाँ सधैं देखिने तिनै हतियारमा सजिएका सुरक्षाकर्मी। भित्ताभरि देखिएका कसले के–के गर्न हुने र के गर्न नहुने भन्ने भित्ते लेखन।

कारागारभित्रको व्यवस्थापन जति चुस्तदुरुस्त भए पनि क्षमताभन्दा बढी लोड बोकेको गाडीको गति कस्तो हुन्छ धुलिखेल कारागारको गति पनि त्यस्तै देखिन्छ। सुधारका कोसिस नभएका होइनन्, तर क्षमताले नै नधान्ने शक्ति दिनप्रतिदिन बढ्दो छ। यसको क्षमता बढाउनेतर्फ सरकारको ध्यान गएको पाइन्न। यो कारागारमा सबैखाले आरोपी एकै थलोमा राख्नुपर्ने बाध्यता छ। कोही सवारी दुर्घटना गराएको आरोपमा छन्, कोही आर्थिक हिनामिना गरेको आरोपमा छन्, कोही लागँऔषध प्रयोग गरेका छन्, कोही चोरीको आरोपमा त कोही जबरजस्ती करणीको आरोपमा छन्। कोही बहुविवाहको आरोपमा छन्। यतिका समस्याका बीच अझ मानसिक सन्तुलन गुमाएका व्यक्तिलाई समेत कैदीसरह यही जेलमा ल्याएर थुन्नुपर्ने बाध्यता छ।

यस्तो अवस्थामा बस्न बाध्य भएका व्यक्तिबाट परिवार, समाज र देशले अपेक्षा गरेको सपना के पँरा होला त ? के कैदीहरू मानव होइनन् ? देशका ठँला–ठँला तारे होटलमा कालो सिसा लगाएर आउनेले गर्ने मानवअधिकारका भाषणले के यिनलाई सुधार गर्ला त ? यिनका स्वास्थ्य समस्याका बारेमा राज्यले कति गम्भीर भएर सोचेको छ ?

जेल जीवन बिताउने अधिकांश व्यक्ति कुनै न कुनै स्वास्थ्य समस्याको शिकार भएकै छन्। गर्मी मौसममा जस्ताको तातो, जाडो मौसममा त्यही जस्ताबाट तपतप झरेको शित र सिरेटोको मार खेप्दै रहेका कैदीहरू आफ्ना कथा र बेथा मनमै गुम्स्याउन बाध्य छन्। कानुनले दोषी ठह¥याएका केही व्यक्ति त निर्दोष हुन सक्ने पनि जेलमै खटिएका सुरक्षाकर्मी बताउँछन्। उनी थप्छन्– कानुनी आँखामा दोषी ठहरेपछि व्यवहारिक आँखाले केही गर्न मिल्दैन। करणीमा परेकाहरूमा केही व्यक्ति त बोलेको, छोएको, हेरेको आधारमा पनि फसेको पाइएको सुरक्षाकर्मीको कथन छ। कतिपयलाई परिबन्धमा पारेर जेल सजाय तोकिएको अवस्था पनि नभएको हैन। यस्ता व्यक्ति जेल प्रवेश गर्दा जुन अवस्थामा थिए अहिले त्यस्तो अवस्थामा छैनन्। दिन प्रतिदिन उनीहरूको मानसिक अवस्था खस्कँदो छ।’

यस्ता व्यक्तिलाई मनोपरामर्श र आत्मबलको खाँचो खड्किन्छ। हरेक दिन देख्ने तिनै व्यक्ति तिनै घटना र तिनै दिनले अतासिएका कतिपय कैदी निरापराधको सजाय भोग्नुपरेकामा निकै चिन्तित देखिन्छन् भने गल्ती गरेर कैद सजाय तोकिएकाहरू अझ यतिका वर्ष जेल बस्नु छ भन्दै निराश देखिन्छन्। योग शिविरमा प्रशिक्षण चलिरहेको थियो अधिकांशको मन योग अभ्यासमा केन्द्रित हुन कठिन भइरहेको देखिन्थ्यो। ‘जसले ध्यान दिन सकेका थिए थोरै अवधिमा पनि निकै राम्रो गरिरहेका थिए’ –भन्नुहुन्छ राजु श्रेष्ठ। यिनीहरूलाई योगाभ्यासका माध्यमबाट सुधार गर्न सके स्वस्थ जीवन जीउने थिए भन्ने उद्देश्यले वर्षेनी आफँले जेलभित्र एक साताका लागि मात्र भए पनि योग शिविर सञ्चालन गर्दै आएको उहाँ बताउनुहुन्छ।

कच्चा उमेर र अशिक्षाले मात्र गल्ती गर्ने हैन क्षणिक सोच र भावनाले पनि मानिसले गल्ती गर्दो रहेछ र कोही शिक्षित व्यक्ति पनि परिबन्धमा फस्दो रहेछ। यो अवस्था धुलिखेलको कारागारमा कैदी जीवन बिताइरहेका २ सय १२ जनाको फरक–फरक घटनाले चित्रण गरिहेको पाइन्छ। जो उमेरले ५ देखि ७ दशक कटिसकेका व्यक्ति पनि हाडनाता करणीमा जेल जीवन बिताइरहेका छन्। जो उच्च शिक्षामा स्नाकोत्तर गर्दै गरेका जुझारु युवा आफँलाई कसैले परिबन्धमा पारेर झुठो आरोप लगाएर जेलमा पु¥याएको बताउँछन्। जबरजस्ती करणीमा परेका ६८ जना व्यक्ति अधिकांश प्रौढ र युवा नै छन्। बहुविवाह गरेर जेल जीवन बिताउन बाध्य व्यक्ति पनि यही समाजका उपज हुन्।

देशको यति ठँलो युवाशक्ति सुधार गृहमा पुगेको छ। उनीहरूको आचरण, बानी व्यहोरा सुधारका लागि सर्वप्रथम त उसको जीवन नै स्वस्थ हुनुपर्छ। जो व्यक्ति अस्वस्थ छ ऊ नै अधैर्य हुन्छ र नियन्त्रणबाहिर गएर आफँलाई मात्र हैन घरपरिवार, समाज र राष्ट्रलाई नै हानी पु¥याउने काममा लाग्छ। मानिसको शारीरिक मात्र हैन मानसिक स्वास्थ्य स्वस्थ भए मात्र जीवन सार्थक बन्छ। यसका लागि दैनिक योग साधना गर्ने व्यक्तिमा नैराश्यता, आलस्यपन, छलकपट र आपराधिक मानसिकताको विकासमा कमी ल्याउँछ। यस्ता व्यक्तिका लागि योग, साधना शिक्षालाई व्यावहारिक र पारिवारिक बनाएर मात्र सुधार ल्याउन सकिने सेफ एसोसियसनका अध्यक्ष मोहन गजुरेल बताउनुहुन्छ।

जेल, नेल भोगेर आएको भुक्तभोगी भन्दै समाजले व्यंग्यात्मकरूपमा बोल्ने शब्दलाई सम्झँदै पतञ्जली योग साधना केन्द्र धुलिखेलका संयोजक राजु श्रेष्ठ भन्नुहुन्छ– ‘योग शिक्षाका माध्यमबाट स्वस्थ रहन सकिन्छ, आफँलाई सुधार गरेर नयाँ जीवन जीउन सिक्नुहोस्, विगतका गल्ती कहिल्यै नदोहो¥याउनुहोस्, यो नै मानव जीवन हो। विश्वका ठँला–ठँला नेता, लेखक, वैज्ञानिकले पनि जेल जीवन बिताएकै समयमा आफँलाई परिवर्तन गरेर ठँला–ठँला ग्रन्थ लेखेका छन्। जेल भनेको यातनाका लागि हैन सुधारका लागि हो र यसलाई सुधारगृहका रूपमा परिणत गरी आफँलाई समाज र देशका लागि उपयोगी सन्देश लिएर निस्कन सक्ने क्षमताको विकास गर्नुहोस्।’

योग साधनाले मानिसको शरीरलाई सधैं स्वस्थ र स्फुर्त राख्न मद्दत गर्छ। मानिसमा रोगसँग लड्न सक्ने क्षमताको विकास गर्नु नै निरोगिताको पहिचान भएकाले योग शिक्षाका माध्यमबाट योगाभ्यास गराएर कैदी जीवन बिताइरहेका व्यक्तिलाई स्वस्थ बनाउने उद्देश्यका साथ एक साताका लागि धुलिखेल जेलमा निःशुल्क योग शिक्षा दिँदै गर्नुभएका योग शिक्षक पुञ्जलाल श्रेष्ठ बताउनुहुन्छ। उहाँका साथमा अर्का योग शिक्षक रमा ठकुरी र महेश्वरी जंगम पनि कैदीलाई योगको प्रशिक्षण दिइरहनुभएको थियो।

भित्ताभरि झुन्डिएका कैदीको लत्ताकपडा सरसामानले घामपानीमा ओत पाउँदैनन्। साँघुरा कोठा एउटै कोठामा गुम्सिएर स्वासप्रश्वासका लागि पनि सकस भोगेका कैदी र उनको स्वास्थ्यको सुधारका लागि योगा शिक्षा र व्यायाम गराएर परिवर्तन ल्याउने उद्देश्यले कारागारमा पुगेका साधकको शिक्षाले केही हदसम्म भए पनि सुधार ल्याउने आशामा देखिन्छन् जेलमा कार्यरत सुरक्षाकर्मी। काठमाडौंबाट नजिकै र तराईको समेत संगमस्थलको रूपमा विकास भएको काभ्रे जिल्ला संघीयतामा गएलगत्तै ३ नं प्रदेशको राजधानीको सम्भावित क्षेत्रका रूपमा परिचित पनि हो, तर बत्तिमुनीको अँध्यारो भनेझै क्षमताभन्दा तेब्बर बढी मानिसको भार बोकेर बसेको पुरानो कारागारको सुधारका विषयमा कहिले आवाज उठ्ला ?

प्रतिक्रिया दिनुहोस्