१६ वर्षिया बसन्ता र सिता पाँच दिनदेखि बेपत्ता



काठमाडौं । कपिलवस्तु वाणगंगा नगरपालिका–९ भलवाडकी १६ वर्षीया किशोरी बसन्ता बन्जाडे विगत पाँच दिनदेखि बेपत्ता भएकी छन् । बसन्ताकी आमा सुनिताका अनुसार भदौ २१ गते विद्यालय जान भनेर घरबाट हिँडेकी उनी अझैसम्म घर फर्किएकी छैनन् । सुनिताले भदौ २२ गते इलाका प्रहरी कार्यालय पिप्रामा छोरी खोजिदिन निवेदन दिएकी थिइन् । तर, आजसम्म पनि उनको पत्तो पाउन सकिएको छैन ।

प्रत्यक्षदर्शीका अनुसार २१ गते सीता परियारसँग देखिएकी बसन्ता सोहि दिन देखि नै बेपत्ता भएकी हुन् । सीता पनि सोहि दिनदेखि परिवारको सम्पर्कमा नआएको भन्दै उनका श्रीमान शिव परियारले समेत इलाका प्रहरी कार्यालय पिप्रामा निवेदन दिएको इप्रका पिप्राका मुद्दा शाखाका हवल्दार ओम पौडेलले बताए ।

फोटो र हुलियासहित सबैतिर परिपत्र गरेको जानकारी गराउँदै हवल्दार पौडेलले खोजी कार्य तीव्र पारिएको जानकारी गराए । बसन्ताको आमा सुनिता र सीताको श्रीमान शिवले संयुक्तरुपमा निवेदन दिएको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्