कूकको अन्तिम खेल अविस्मरणीय बन्यो



लन्डन, (एजेन्सी)
एलेस्टेर कूकले भारतविरुद्ध जारी ५ खेलको टेस्ट सिरिजअन्तर्गत पाँचौ तथा अन्तिम खेलमा सतक प्रहार गरेर आफ्नो अन्तिम खेललाई अविस्मरणीय बनाएका छन् ।

कूकले करियरको ३३औं टेस्ट सतक बनाएका हुन् । ओपनर ब्याटसम्यान तथा पूर्व कप्तान कूकले यो खेल हुन अगाडि नै अन्तर्राष्ट्रिय करियर समाप्त गर्ने घोषणा गरेका थिए । २००६ मा टेस्टमा डेब्यु गरेका उनी डिसेम्बर २०१७ पछि सतकमा पुग्न सकेका थिए ।

सतकपछि कूक टेस्टमा सर्वाधिक रन बनाउने सूचीमा पाँचौं स्थानमा उक्लिए । उनले श्रीलंकाका पूर्व ब्याटसम्यान कुमार सांगाकारालाई छैटो स्थानमा धकेलेका थिए । अन्तिम खेलमा उनले १ सय ४७ रन बनाएर आउट भए । उनलाई बिहारीले आउट गरेका थिए । उनले १ सय ६१ टेस्टमा ३३ सतक र ५७ अर्धसतकसहित १२ हजार ४ सय ७२ रन बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्