मानव बेचबिखनको स्वरुप बदलिँदै



नेपाल समाचारपत्र, नुवाकोट
पछिल्लो समय मानव बेचविखन तथा ओसारपसारको स्वरुव बदलिादै गएको पाइएको छ । मानव बेचविखन तथा ओसार पसार विरुद्धको १२ औँ राष्ट्रिय दिवसको अवसरमा नुवाकोटमा गत गरिएको कार्यक्रममा उत्त कुरा जानकारी गराइएको हो ।

संघियताको महत्वपुर्ण सार, मानब बेचबिखन अन्त्यका लागी जिम्मेवारी र सहकार्य सहित गरौँ खबरदार भन्ने मुल नाराका साथ १२ औँ मानब बेचबिखन तथा ओसार पासर बिरुद्धको दिबस मनाईएको हो ।

 

मानब बेचबिखन बिरुद्धको ऐन र नियम पारीत भएकोले भदौ २० गतेका दिनलाई दिबसको रुपमा मनाउन थालीएको हो । बेचविखनमा प्रभावित भएका महिलाहरुलाई दुव्र्यबहार गर्ने, पक्राउ परिसकेका व्यक्तिहरु माथी अनुसन्धान प्रभाबकारी हुन नसक्ने र बेचबिखनमा परेका महिलाहरु आफै दलदालीको काम गर्ने भएकाले नियन्त्रण हुन नसकेको सरोकारवालाहरुको भनाई रहेको छ ।

गाँउका दलालबाट बेचिएका चेलीहरु नेपाल आएपछी आफै दलालीको काम गर्ने गरेको, आफ्नै घरपरीवारका सदस्यहरुबाट बेचबिखन हुने गरेको र जिल्ला प्रहरी कार्यालयमा उजुरी मात्रै पर्ने र जाहेरी नआउने हुनाले कारबाहि प्रकृया अगाडी बडाउन नसकिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरिक्षक भिमलाल भट्टराईले बताए ।

मानव बेचविखनमा संलग्नलाई कानुनी दायरामा ल्याउन मावन बेचविखन नियन्त्रण सम्बन्धि ऐनले कडा कानुन बनाएपनि दलाललाई नियन्त्रणमा लिन सकिएको छैन । नुवाकोटबाट पछिल्लो समय चिन, भारत, मलेसिया, अफ्रिकन मुलक तथा अन्य देशहरुमा मानिसको किनबेच तथा मानब अङग झिक्ने, बेस्याबृत्तिमा लगाउने लगायतका कामहरु हुँदै आएको छ ।

यस्ता मानब ओसारपसार गर्ने अपराधिहरुले बिभिन्न राजनितिक दल, पुलिस प्रशासन लगायत बिभिन्न निकायहरुसम्म सञ्जाल फैलएर मानब बेचबिखनका कायमा संलग्न भएकाले कारबाहि गर्न असहज भएको सरोकारवालाहशरुको भनाई छ । मानब बेचबिखनलाई रोक्नका लागी गाँउ गाँउमा गएर बिभिन्न प्रकारका जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्ने बिभिन्न बिद्यालयमा बिद्यार्थी तथा शिक्षकहरुलाई यसको बारेमा जानकारी गराउने लगायतका कार्यक्रमहरु सञ्चालन भएमा मानब बेचबिखनका घटनालाई न्युनीकरण गर्न सकिने महिला तथा बालबालीका संरक्षण जिल्ला सञ्जालका अध्यक्ष बिन्दा अर्यालले बताए ।

साथै पछिल्लो समय मान बेचखिनको स्वरुप परिबर्तन भएको छ । पहिले अशिक्षा, गरिबि लगायत बिभिन्नकारणले गर्दा मानब बेचबिखन हुने गरेता पनी पछिल्लो समय यसको स्वरुप परिबर्तन भएर यसले बिक्राल रुप लिदै आएको छ । मानव बेचविखन तथा ओसार पसारमा क्रियाशिल रहेका दलालीहरु राजनितिक दलहरुको संरक्षणका कारण प्रहरीले नियन्त्रणमा लिए पनि कारबाही गर्न सकेको छैन । बिनासकारी भुकम्पका कारण नुवाकोटमा मानब बेचबिखनमा बृद्धि भएको थियो । आफ्नै परिवारका सदस्यले छोरीमान्छे बेचेको घटनाहरु सार्बजानीक भए पनि आफ्नै बाबु, दाई लगायतका नातेदारमाथी जाहेरी नपर्दा दलालीहरुलाई कारबाही हुनै सकेको छैन ।

२०२२ सालदेखि नुवाकोटबाट महिला विक्रिको क्रम सुरु भएकोमा पछिल्ला वर्षहरुमा मानव विक्रि र ओसारपसारको घटनामा कमी आएको थियो । विशेष गरी घ्याङ्फेदी, उर्लेनी, बेतिनी, गाउँखर्क, राउतवेशी, शिखरवेशी, सुन्दरादेवी, समुन्द्रटार, बालकुमारी लगायतका गाउँ विकास समितिबाट महिला तथा बालिकाहरु विक्रि हुँदै आएका छन् ।

आफ्नै परीवारको सदस्यहरुले महिला तथा बालबालीकाहरु हराएको उजुरी नभएको र बेचिएर आएका महिलाहरुले पनि दलालहरु माथी उजुरी नदिने भएकोले कारबाहि गर्न नसकिएको हो । कार्यक्रममा जिल्ला स्थित बिभिन्न गैर सरकारी संस्थाका प्रमुख एवं प्रतिनिधि, महिला अधिकारको क्षेत्रमा काम गर्ने सबै सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनिधिहरुको सहभगीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्