ठमेलमा सिलिण्डर बिष्फोट, दमकल जान सकेन



काठमाडौं ।ठमेलको ज्याठामा ग्यास सिलिण्डर बिस्फोट भएर आगलागी भएको छ ।

बिहार साढे चार बजे ग्यास बिस्फोट भएपछि आगलागी शुरु भएको हो । आगो नियन्त्रण गर्न नेपाली सेना, नेपाल प्रहरी र स्थानीयबासी परिचालित छन् ।

शहरको भित्रि भागमा रहेको घरमा आगो लागेकाले दमकल जान नसकेपछि आगो नियन्त्रणमा समस्या भएको बताइएको छ । आगलागीको कारणबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्