‘यसपटकको आकर्षण विद्युतीय सवारी साधन हुनेछ’



कृष्णप्रसाद दुलाल
कार्यवहाक अध्यक्ष, नाडा
१३औं नाडा ओटो शो भदौ २६ देखि ३१ गतेसम्म राजधानीको भृकुटीमण्डपमा हुँदैछ । यसपटक १९ वटा चारपांग्रे र २० वटा दुईपांग्रे तथा ३२ वटा अन्य कम्पनी गरी कुल १ सय ३४ वटा कम्पनीको स्टल रहने छ । यो मेला नेपालमा आयोजना हुनेमध्येको ठँलो व्यावसायिक मेलाको हो ।

नाडा अटो शोमा यसपटक ५ सय करोड रुपियाँ बरावरका सवारी साधन कारोबार तथा ६० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । गत वर्ष नाडा अटो शोमा साढे ३ अर्ब रुपियाँको कारोबार भएको थियो ।

अटोमोबाइल क्षेत्रबाट मात्रै राज्यले सय अर्ब रुपियाँको हाराहारीमा राजस्व संकलन गर्दै आइरहेको छ । यस वर्षको आकर्षण भनेको विद्युतीय सवारी साधन हो । यसमान अवलोकनकर्ताको चासो रहनेछ भन्ने हाम्रो ठम्याइ छ । खरिदको सहुलियतसमेत प्रदान मेलाले गर्ने छ । नयाँ अफर तथा स्किमसमेत समावेश हुनेछ ।

प्रत्येक वर्षको नाडा अटो शो नयाँ हुन्छ नै । साथै नयाँ उत्पादन भएका सवारी साधनको समेत प्रदर्शनीको आकर्षण हुनेछ । हामीले अटोमोबाइल्ससँग चासो राख्ने सबै पक्षले जिज्ञासा समाधानको उपाय खोज्ने प्रयत्न गर्नेछ ।

अटोमोबाइल्सका नीति नियममा रहेको व्यवधानमा समेत सरोकारवाला निकायसँग छलफल तथा अन्तक्र्रिया समेत आयोजना हुनेछ । जसबाट अटोमोबाइल्स क्षेत्रमा रहेका समस्याको समाधान हुने अपेक्षा हामीले लिएका छौं । विगतका वर्षमा जस्तै यसपटकको नाडा अटो शो पनि भव्य र सभ्य तवरबाट सम्पन्न हुनेमा हामी विश्वस्त छौं । दँघर्टना न्यँनीकरणका लागि सडक जनचेतना कार्यक्रमका साथै ट्राफिक सचेतनाको सम्बन्धी कार्यक्रमसमेत चलाउने छ ।

करको दरमा व्यापक वृद्धि गरिएका कारण अहिले अटोमोबाइल्यको कारोबार खस्किरहेको छ । यसका बावजुद हामी व्यवसायी एकजुट भएर मेला अयोजना गरिरहेका छांै । मेलाले सवारी साधनको बारेमा एकै थलोबाट सम्पँर्ण जानकारी दिनेछ । मेलाले सवारी कर्जा, बीमासमेत उपलब्ध गराउनेछ ।

ग्राहक, राज्यका निकाय र स्वयम् व्यवसायीमा समेत सकरात्मक सन्देश प्रवाह गर्ने मध्यम मेला हुने आशा आयोजकले लिएको छ ।

यस प्रकारका मेला आयोजना हुनुको प्रमुख उद्देश्य भनेकै आफँले कारोबार गर्ने उत्पादन तथा सेवाका बारेमा उपभोक्तालाई जानकारी प्रदान गरी सेवा तथा उत्पादन प्रदान गर्ने हो । शोमा विभिन्न कम्पनीका सवारी साधन, सवारी सुरक्षा प्रविधि, टायर, लुब्रिकेन्ट्स, स्पेयर पार्टस्, नयाँ प्राविधि, ब्याट्री, ग्यारेज उपकरण तथा अन्य एसोसेरिजहरू समेत रहने छ ।

प्रतिक्रिया दिनुहोस्