हृदयरोग निवारणको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा



काठमाडौँ ।
विश्वमै नसर्ने रोगको प्रकोप बढेको सन्र्दभलाई लिएर धुलिखेल अस्पताल काठमाडौ विश्व विद्यालय र नेशनल हर्ट लंग एण्ड ब्लड इन्टिच्यूटको आयोजनामा नेपालमा चार दिने हृदयरोगको बृहत अनुसन्धानात्मक पहिलो अन्तर्राष्ट्रिय सम्मेलन सोमबार देखि काठमाडौमा शुरु भएको छ ।
विश्वका नेपाल, भारत, चीन, घाना, केनिया, रुवाण्डा, ग्वाटामाला, अमेरिका लगायतका १० वटा मुलुकका मुटुरोग विशेषज्ञहरु भेला भै आयोजना गरिएको उक्त सम्मेलनले मुटुरोगका बारेमा अध्ययन अनुसन्धान गर्नुका साथै रोग लागेका बिरामीलाई कसरी सहुलियत दरमा स्वास्थ्य सेवा प्रदान गर्ने र रोग नै लाग्न नदिनका लागि के के अपनाउनुपर्छ भन्ने बारेमा जनचेतना समेत फैलाउने लक्ष्य लिएको कार्यक्रम निर्देशक डा.अर्चना श्रेष्ठले जानकारी गराउनुभयो ।
उक्त परियोजना वासिङ्टन विश्वविद्यालयसँगको सहकार्यमा काठमाडौ विश्व विद्यालय धुलिखेल अस्पतालमा संचालनमा ल्याईएको परियोजनाका अध्यक्ष तथा काठमाडौ विश्व विद्यालय स्कूल अफ मेडिकल साइन्सेसज्का डीन डा.राजेन्द्र कोजूले बताउनुभयो । उहाँले पहिलो दिनमा नेपालमा मुटुरोगीहरुको अवस्था र निवारणका लागि नीतिगत रुपमा सुधारको खाँचो रहेको कुरा औल्याउँदै कार्यपत्र प्रस्तुत गर्नुभयो । त्यसैगरि बरिष्ठ कार्डियो थेरासिस सर्जन प्रा.डा.भगवान कोइरालाले कार्डियो भाष्कुलर डिजिज प्रिभेन्सन मेनेजमेन्ट नेपाल भन्ने बिषयमा अहिले सम्मको अन्तर र आवश्यकता के हो भन्ने बारेमा कार्यपत्र प्रस्तुत गर्नुभयो ।
उहाँले मुटुरोगको प्रमुख माध्यम धुम्रपान भएको पनि औल्याउनुभयो । जो आर्थिक समस्यामा गुज्रीएको छ उसैले बढी धुम्रपान गर्ने र नसर्ने रोग मुटु, उच्च रक्तचाम, दम, खोकी जस्ता रोगको सिकार हुने गरेको पाईएको छ भन्नुभयो । यसको न्यूनीकरणका लागि दक्ष जनशक्ति, उपकरण, प्रयोगविधि, गुणस्तरिय औषधिको खाँचो समेत औँलाउनुभयो ।
परियोजनाका परिकल्पनाकार तथा सह निर्देशक डा.बिराजमान कर्माचार्यका अनुसार सन् २०१८ को फेब्रुअरि देखि अनुसन्धानको काम शुरु गरिएको र चार बर्ष सम्म अनुसन्धान पुरा गरि १६ जनाको अनुसन्धानको दक्ष जनशक्ति उत्पादन गरि व्यवहारिक रुपमा कार्यक्षेत्रमा लागि सकेका हुनेछन भन्नुहुन्छ । झण्डै डेढ सय जनाको सहभागिता रहेको सम्मेलन नेपालका लागि नमूना बन्ने पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्